एज्रा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एज्रा

एज्रा 7 : 6
6 परमप्रभु इस्राएलका परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍थामा एज्राचाहिँ एक निपुण अध्‍यापक थिए। तिनले मागेका सबै कुरा राजाले मन्‍जूर गरिदिए, किनभने परमप्रभु तिनका परमेश्‍वरको हात तिनीमाथि थियो।

एज्रा 7 : 10
10 किनकि एज्राले परमप्रभुको व्‍यवस्‍था अध्‍ययन गर्न र पालन गर्न, र इस्राएलमा धर्म-विधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए।

एज्रा 7 : 21
21 “अब म, राजा अर्तासास्‍त, यूफ्रेटिस पारिको प्रान्‍तका सबै कोषाध्‍यक्षहरूलाई यो हुकुम दिँदैछु: स्‍वर्गका परमेश्‍वरको व्‍यवस्‍थामा निपुण पूजाहारी-शास्‍त्री एज्राले तिमीसँग मागेको जुनसुकै थोक निश्‍चय जुटाइदिनू,

नहेम्‍याह 12 : 36
36 जो आसापका छोरा थिए, र तिनका सहयोगीहरू— शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी— परमेश्‍वरका जन दाऊदले तोकेका बाजाहरूका साथमा थिए। शास्‍त्री एज्राचाहिँ जुलूसका अगुवा थिए।

एज्रा 8 : 21
21 तब हाम्रा परमेश्‍वरको सामु हामी आफूलाई दीन तुल्‍याउन, र हाम्रा आफ्‍नै निम्‍ति, हाम्रा बालबच्‍चाहरूका निम्‍ति र हाम्रा सबै सम्‍पत्तिका निम्‍ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्‍यहाँ अहावा नदीको किनारमा उपवास बस्‍ने घोषणा गरें।

एज्रा 7 : 8
8 ती नै राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा पुगे।

एज्रा 8 : 29
29 मुख्‍य पूजाहारीहरू, लेवीहरू र इस्राएलका परिवारका मुखियाहरूका सामुन्‍ने यरूशलेममा परमप्रभुको भवनका कोठाहरूमा यी नदिउञ्‍जेलसम्‍म तिमीहरूले यिनको होशियारपूर्वक सुरक्षा गर्नू।”

एज्रा 9 : 15
15 हे परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्‍छ। आज हामी अवशेषको रूपमा छोड़िएका छौं। हामी आफ्‍नो दोषमा तपाईंको सामु उपस्‍थित छौं, यद्यपि हाम्रो दोषको कारण हामीमध्‍येको कोही पनि तपाईंको सामु टिक्‍न सक्‍दैनौं।”

एज्रा 10 : 17
17 र पहिलो महिनाको पहिलो दिन विदेशी स्‍त्रीहरूसित विवाह गरेका सबैको खोजतलाश गरिसिद्ध्याए।

नहेम्‍याह 12 : 43
43 र त्‍यस दिन तिनीहरूले आनन्‍द गरेर ठूला बलिदानहरू चढ़ाए, किनकि परमप्रभु परमेश्‍वरले तिनीहरूलाई रमाहट गर्ने अवसर दिनुभएको थियो। स्‍त्रीहरू र बाल-बालिकाहरूले पनि आनन्‍द मनाए। यरूशलेमको आनन्‍दउत्‍सव टाढ़ा-टाढ़ासम्‍म पनि सुनियो।

नहेम्‍याह 12 : 1
1 शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्किआएका पूजाहारीहरू र लेवीहरू यिनै हुन्‌:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *