एक भगवान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एक भगवान

यशैया 43 : 11
11 म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन।

यशैया 44 : 6
6 “इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: पहिलो र पछिल्‍लो म नै हुँ। मबाहेक अरू परमेश्‍वर छैन।

याकूब 2 : 19
19 तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ। त्‍यो असल हो। भूतात्‍माहरू पनि विश्‍वास गर्छन्‌ र थरथर काम्‍छन्‌।

१ तिमोथी 2 : 5
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।

१ कोरिन्थी 8 : 6
6 तर हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं— हाम्रा निम्‍ति एउटै प्रभु, येशू ख्रीष्‍ट हुनुहुन्‍छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।

यशैया 43 : 10
10 परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्‍न र विश्‍वास गर्न सक, अनि म उही हुँ भनी बुझ्‍न सक। मभन्‍दा अघि कोही ईश्‍वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ।

प्रकाश 1 : 8
8 “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ।

यूहन्‍ना 10 : 30
30 पिता र म एक हौं।”

कलस्सी 1 : 16
16 किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।

यहूदा 1 : 25
25 उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन।

यूहन्‍ना 14 : 10
10 म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्‍दछु, त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ।

मर्कूस 12 : 29
29 येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।

एफिसी 4 : 5
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,

व्यवस्था 6 : 4
4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।

होशे 13 : 4
4 “तर म त परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएको छु। मबाहेक तिमीहरूले अर्को कुनै ईश्‍वरलाई, अर्को कुनै उद्धारकलाई स्‍वीकार गर्नेछैनौ।

२ कोरिन्थी 4 : 4
4 तिनीहरूका विषयमा भनौं भने ख्रीष्‍ट, जो परमेश्‍वरको रूप हुनुहुन्‍छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझलाई अन्‍धो तुल्‍याइदिएको छ।

यूहन्‍ना 1 : 1
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

लूका 2 : 11
11 आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।

गलाती 3 : 20
20 एउटैको मात्र मध्‍यस्‍थ हुँदैन, तर परमेश्‍वर एउटै हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *