एउटा मासु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एउटा मासु

मत्ती 19 : 4 – 6
4 तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”

एफिसी 5 : 31
31 “यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”

उत्‍पत्ति 2 : 24
24 यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

१ कोरिन्थी 6 : 16
16 वेश्‍यासँग जोडिने मानिस शरीरमा त्‍यससँग एक हुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्‍तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्‌।”

२ तिमोथी 2 : 11 – 12
11 यो भनाइ निश्‍चित छ, यदि हामी उहाँसँग मरेका छौं भने, हामी पनि उहाँसँगै जिउनेछौं,
12 हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्‍य गर्नेछौं, हामीले उहाँलाई इन्‍कार गर्‍यौं भने, उहाँले पनि हामीलाई इन्‍कार गर्नुहुनेछ,

कलस्सी 3 : 19
19 पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *