इश-बोशेथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इश-बोशेथ

१ इतिहास 8 : 33
33 नेरचाहिँ कीशका पिता थिए, कीशचाहिँ शाऊलका पिता थिए, अनि शाऊलचाहिँ जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए।

१ इतिहास 9 : 39
39 नेर कीशका पिता थिए, र कीश शाऊलका पिता थिए। शाऊलचाहिँ जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए।

२ शमूएल 2 : 10
10 इस्राएलका राजा हुँदा ईश्‍बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्‍म राज्‍य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्‍यो।

२ शमूएल 3 : 12
12 त्‍यसपछि अबनेरले हेब्रोनमा दाऊदकहाँ यसो भनेर दूतहरू पठाए, “यो देश कसको हो? हामी मिलाप गरौं, र म सारा इस्राएललाई तपाईंतर्फ ल्‍याउनलाई सकेसम्‍म कोशिश गर्नेछु।”

२ शमूएल 3 : 16
16 अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्‍जेल पल्‍तिएल रुँदै-रुँदै बहूरीमसम्‍म मीकलको पछिपछि आए।

२ शमूएल 4 : 8
8 उनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्‍याए, र राजालाई भने, “हजूरको प्राण लिन खोज्‍ने, हजूरको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको यहाँ छ। परमप्रभुले शाऊल र उनको घरानालाई आज हजूरको निम्‍ति साटो फेर्नुभयो।”

२ शमूएल 4 : 12
12 तब दाऊदले आफ्‍ना मानिसहरूलाई हुकुम दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात-खुट्टा काटे, र हेब्रोनका पोखरीको छेउमा झुण्‍ड्याइदिए। तर ईश्‍बोशेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाड़िदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *