यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इजकिएल
इजकिएल 1 : 3
3 बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो।
इजकिएल 3 : 25
25 अनि हे मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्, ताकि तँ मानिसहरूका बीचमा जान नपाएस्।
इजकिएल 11 : 22
22 तब छेउमा पाङ्ग्राहरू भएका ती करूबहरूले आफ्ना पखेटा फैलाए। अनि इस्राएलका परमेश्वरको महिमा तिनीहरूका मास्तिर थियो।
इजकिएल 8 : 6
6 अनि उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, तिनीहरू के गर्दैछन्, के तँ देख्छस्? इस्राएलको घरानाले मलाई मेरो पवित्रस्थानबाट पर हटाउनलाई घिनलाग्दा काम यहाँ गरिरहेका छन्। तर तैंले त्योभन्दा अझ बढ़ी घिनलाग्दा कामहरू देख्नेछस्।”
इजकिएल 9 : 10
10 यसैले म तिनीहरूलाई टिठ्याएर हेर्नेछैनँ। म तिनीहरूलाई छोड्नेछैनँ, तर जे तिनीहरूले गरेका छन्, तिनीहरूको कामको बदला म तिनीहरूकै शिरमा खन्याइदिनेछु।”
इजकिएल 37 : 14
14 म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा बसाल्नेछु। तब तिमीहरूले यो जान्नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्नुहुन्छ’।”
इजकिएल 47 : 5
5 तब तिनले अरू एक हजार हात नापे, तर अब त्यो तर्न नसकिने नदी भयो, किनभने पानी बढ़ेको थियो, र त्यो पौड्न सक्ने गहिरो भएको थियो— वारपार गर्न नसकिने त्यो एउटा नदी भएको थियो।
इजकिएल 3 : 26
26 म तेरो जिब्रो तेरो तालुमा टँसाइराख्नेछु, र तँ गूँगो हुनेछस्, अनि तिनीहरूलाई हप्काउन सक्नेछैनस्, यद्यपि तिनीहरू बागी घरानाका हुन्।
इजकिएल 24 : 27
27 त्यस बेला तेरो मुख खोलिनेछ। तँ त्यससँग कुरा गर्नेछस्, र तँ चूपचाप रहनेछैनस्। यसरी तँ तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछस्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
इजकिएल 33 : 22
22 अब त्यो मानिस आएको अघिल्लो साँझ परमप्रभुको हात ममाथि परेको थियो, र बिहान त्यो मानिस आइपुग्न अघि उहाँले मेरो मुख खोलिदिनुभयो। यसैले मेरो मुख खोलियो, र म त्यस उप्रान्त चूप बसिनँ।
इजकिएल 5 : 4
4 फेरि तीबाट पनि केही लिएर आगोमा जलाइदे। तीबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ।
Leave a Reply