आलस्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आलस्य

हितोपदेश 6 : 11
11 दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।

हितोपदेश 10 : 5
5 ग्रीष्‍म ऋतुमा अन्‍न जोहो गर्ने छोरा बुद्धिमान्‌ हो, तर जो फसलको बेला सुत्‍छ त्‍यो बेइज्‍जत ल्‍याउने छोरो हो।

हितोपदेश 10 : 26
26 सिर्काले दाँत कुँड़िए र धूवाँले आँखा पिरिएझैँ, अल्‍छी गर्ने मानिस आफूलाई पठाउनेको निम्‍ति त्‍यस्‍तै हुनेछ।

हितोपदेश 12 : 24
24 लगनशील हातले शासन गर्नेछ, तर आलस्‍यको अन्‍त्‍यचाहिँ कमारोपन हो।

हितोपदेश 12 : 27
27 अल्‍छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्‍पत्ति पाउँछ।

हितोपदेश 13 : 4
4 अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।

हितोपदेश 15 : 19
19 अल्‍छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्‍छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो।

हितोपदेश 18 : 9
9 आफ्‍नो काम गर्नमा ढिलो गरिरहने व्‍यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।

हितोपदेश 19 : 15
15 अल्‍छीपनले घोर निद्रा ल्‍याउँछ, अल्‍छी मानिस भोकै रहन्‍छ।

हितोपदेश 19 : 24
24 अल्‍छेले आफ्‍नो हात थालमा गाड्‌छ, र त्‍यसले आफ्‍नो हात उठाएर मुखमा समेत ल्‍याउँदैन!

हितोपदेश 20 : 4
4 अल्‍छेले बेलामा जोत्‍दैन, त्‍यसकारण फसलको बेला त्‍यसले खोज्‍छ तर केही फेला पार्दैन।

हितोपदेश 21 : 25
25 अल्‍छेको लालसाले नै त्‍यसलाई मार्नेछ, किनभने त्‍यसका हातहरू काम गर्न अस्‍वीकार गर्छन्‌।

हितोपदेश 23 : 21
21 किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्, र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।

हितोपदेश 24 : 34
34 दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्‍त्र मानिसझैँ आइलाग्‍नेछ।

हितोपदेश 26 : 16
16 ढङ्ग मिलाएर जवाफ दिने सात जना मानिसभन्‍दा पनि अल्‍छे आफ्‍नै नजरमा बुद्धिमान्‌ बन्‍छ।

हितोपदेश 22 : 13
13 अल्‍छेले भन्‍छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्‍लीहरूमा गएँ भने मेरो हत्‍या हुनेछ।”

उपदेशक 10 : 18
18 यदि कुनै मानिस अल्‍छे छ भने, घरको धुरी भत्‍कन्‍छ। यदि त्‍यो हात बाँधेर बस्‍छ भने, त्‍यसको घर चुहिन्‍छ।

यशैया 56 : 10
10 इस्राएलका पहरादारहरू अन्‍धा छन्‌। तिनीहरू सबै ज्ञानविहीन छन्‌। तिनीहरू भुक्‍न नसक्‍ने गूँगो कुकुरजस्‍तै छन्‌। पल्‍टिरहने र सपना देख्‍ने, सुत्‍न मात्र तिनीहरू मन गर्छन्‌।

मत्ती 25 : 27
27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।

रोमी 12 : 11
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।

२ थेसलोनिकी 3 : 12
12 अब यस्‍ता मानिसहरूलाई प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी आज्ञा र अर्ती दिन्‍छौं, कि तिनीहरूले चूपचाप आफ्‍ना काम गरून्‌ र आफ्‍ना जीविका चलाऊन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *