यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आमा
भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
हितोपदेश 29 : 15
15 सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ।
लूका 18 : 20
20 तिमी आज्ञाहरू त जान्दछौ: ‘व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्ना बुबा र आमाको आदर गर्नू’।”
एफिसी 6 : 2
2 आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
हितोपदेश 10 : 1
1 बुद्धिमान् छोराले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।
हितोपदेश 30 : 17
17 “त्यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।
लूका 1 : 43
43 ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्।
हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
हितोपदेश 30 : 11
11 “यस्ताहरू पनि हुन्छन् जुनहरू आफ्ना बुबालाई सराप्छन्, र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्,
हितोपदेश 20 : 20
20 यदि कसैले आफ्नो बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारको बेला निभाइनेछ।
भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
15 जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।
मर्कूस 7 : 10 – 12
10 किनभने मोशाले भनेका छन्, ‘आफ्ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनैपर्छ।’
11 यदि कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्नुपर्ने त्यो कुर्बान हो,’ (अर्थात् परमेश्वरलाई चढ़ाइएको) भन्छ भने,
12 तिमीहरू त्यसलाई आफ्ना आमा-बुबाको निम्ति फेरि केही गर्न दिँदैनौ।
हितोपदेश 31 : 28 – 29
28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्:
29 “धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई तिमीले जितेकी छ्यौ।”
यशैया 49 : 15
15 “के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ।
एफिसी 6 : 1 – 4
1 छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
हितोपदेश 23 : 22 – 25
22 तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर्।
23 सत्य किन् र त्यो बिक्री नगर्। बुद्धि, अनुशासन र समझदारी प्राप्त गर्।
24 धर्मी मानिसको बुबा असाध्यै आनन्दित हुन्छ, बुद्धिमान् छोरा आफ्ना बुबामा प्रसन्न रहन्छ।
25 तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्म दिने आमाले रमाहट गरून्।
हितोपदेश 6 : 20
20 हे मेरो छोरो, आफ्ना पिताका आज्ञाहरू पालन गर्, र आफ्नी आमाको अर्तीलाई नत्याग्।
मत्ती 10 : 37
37 “जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
यूहन्ना 19 : 26 – 27
26 जब येशूले आफ्नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!”
27 तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे।
Leave a Reply