यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्म-निंदा
२ शमूएल 24 : 17
17 जब दाऊदले मानिसहरूलाई मार्दैगर्ने ती स्वर्गदूतलाई देखे, तब तिनले परमप्रभुलाई भने, “यो खराबी त मैले पो गरेको हुँ, पाप मेरै हो। तर यी बिचरा भेड़ाहरूले के गरेका थिए? तपाईंको हात म र मेरो घरानामाथि परोस्।”
१ राजाहरू 8 : 32
32 तब तपाईंले स्वर्गबाट सुनेर कार्य गर्नुहोस्। दोषीलाई दोषी ठहराउँदै र त्यसका कामहरूको प्रतिफल त्यसकै शिरमा ल्याउँदै आफ्ना दासहरूका बीचमा न्याय गर्नुहोस्। निर्दोषीलाई निर्दोष ठहराउनुहोस्, र यसरी त्यसको निर्दोषतालाई स्थिर गराउनुहोस्।
अय्यूब 9 : 20
20 म निर्दोष भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ। म निरपराधी भए तापनि यसले मलाई दोषी घोषणा गर्नेछ।
हितोपदेश 5 : 13
13 मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ, र मेरा प्रशिक्षकहरूको कुरामा ध्यानै दिइनँ।
मत्ती 23 : 31
31 यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेका सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ।
मत्ती 25 : 27
27 तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ।
लूका 19 : 22
22 “तिनले त्यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु, ए दुष्ट नोकर! जे राखिनँ त्यो लिने, र जे छरिनँ त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्।
मर्कूस 12 : 12
12 त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोड़ेर गइहाले।
मत्ती 21 : 41
41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।”
यूहन्ना 8 : 9
9 तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्म एक-एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अगि उभिरही।
प्रेरित 22 : 24
24 सेनापतिले हुकुम गरे, “त्यो ब्यारेकभित्र ल्याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्।”
यहोशू 7 : 25
25 यहोशूले भने, “तैंले हामीमाथि किन यस्तो सङ्कष्ट ल्याइस्? आज तँमाथि परमप्रभुले सङ्कष्ट ल्याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए।
२ शमूएल 12 : 7
7 तब नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ।
१ राजाहरू 20 : 42
42 तिनले राजालाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: मैले मार्न निश्चय गरेको मानिसलाई तैंले छोड़िदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसको प्रजाको साटो तेरो प्रजा हुनेछ।”
Leave a Reply