आत्म-छवि

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्म-छवि

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

यर्मिया 9 : 23 – 24
23 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “बुद्धिमान्‌ मानिसले आफ्‍नो बुद्धिमा घमण्‍ड नगरोस्, अथवा बलियो मानिसले आफ्‍नो बलमा घमण्‍ड नगरोस्, अथवा धनी मानिसले आफ्‍नो धनमा घमण्‍ड नगरोस्,
24 तर जसले घमण्‍ड गर्छ त्‍यसले यस विषयमा घमण्‍ड गरोस्‌: ‘म परमप्रभुलाई जान्‍दछु र चिन्‍दछु, र उहाँ त्‍यही परमप्रभु हुनुहुन्‍छ, जसले पृथ्‍वीमा दया, न्‍याय र धार्मिकताको व्‍यवहार गर्नुहुन्‍छ। किनभने यिनैमा म प्रसन्‍न हुन्‍छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

रोमी 12 : 3
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *