यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्म घृणा
भजनसंग्रह 34 : 17 – 20
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
20 परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
रोमी 8 : 1
1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।
यशैया 43 : 25
25 “म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन।
२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
एफिसी 5 : 29
29 किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
हितोपदेश 15 : 32
32 अनुशासनलाई बेवास्ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति प्राप्त गर्छ।
मर्कूस 12 : 31
31 दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन।”
फिलिप्पी 3 : 13 – 14
13 भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै
14 ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु।
भजनसंग्रह 34 : 1 – 22
1 दाऊदको भजन [1] हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ।
2 मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन्।
3 मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं!
4 मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।
5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्, र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्नेछैनन्।
6 यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्यो, अनि उहाँले सुन्नुभयो, र त्यसलाई त्यसका सबै कष्टबाट बचाउनुभयो।
7 परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
8 परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको हो।
9 हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।
10 जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।
11 आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु।
12 तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्न इच्छा गर्दछ भने—
13 आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख।
14 खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।
15 परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ।
16 परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ।
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
20 परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन।
21 खराबीले दुष्टलाई नष्ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्।
22 परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।
उत्पत्ति 1 : 27
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
फिलिप्पी 2 : 3
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
Leave a Reply