आत्मसम्मान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्मसम्मान

श्रेष्‍ठगीत 4 : 7
7 मेरी प्‍यारी, तिमी साह्रै सुन्‍दरी छ्यौ, तिमीमा कुनै दाग छैन।

भजनसंग्रह 139 : 13 – 14
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

१ पत्रुस 3 : 3 – 4
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।

यशैया 43 : 4
4 तँ मेरो दृष्‍टिमा बहुमूल्‍य र आदरणीय भएकाले, र मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा, र जाति-जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

यहोशू 1 : 9
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

१ यूहन्‍ना 3 : 1
1 हेर, पिताले हामीलाई कस्‍तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्‍दैन, किनभने त्‍यसले उहाँलाई चिनेन।

लूका 12 : 7
7 तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ।

१ पत्रुस 2 : 9
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।

हितोपदेश 31 : 30
30 सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।

मत्ती 11 : 28 – 30
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।
30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”

रोमी 12 : 3
3 किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्‍ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्‍तो सम्‍झनुपर्छ त्‍यसभन्‍दा बढ़ी नसम्‍झोस्, तर परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम सन्‍तुलित विचारले सोचोस्‌।

याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

रोमी 8 : 31 – 39
31 हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?
32 जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्‍ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्‍छ भने,
34 दण्‍डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्‍ट येशू, हुनुहुन्‍छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मध्‍यस्‍थ पनि गर्नुहुन्‍छ।
35 कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?
36 यस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।
38 किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।

फिलिप्पी 2 : 3
3 स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान।

मत्ती 10 : 31
31 यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ्‌ता मूल्‍यवान्‌ छौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *