यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् असंगति
मत्ती 7 : 5
5 ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
मत्ती 23 : 4
4 तिनीहरूले गह्रौँ र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्।
रोमी 2 : 1
1 यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ।
२ राजाहरू 10 : 31
31 तरै पनि आफ्नो पूरा मनले परमप्रभु इस्राएलका परमेश्वरको व्यवस्था पालन गर्न येहू होशियार भएनन्। इस्राएललाई गर्न लाएका यारोबामका पापहरूबाट तिनी फर्केनन्।
नहेम्याह 5 : 9
9 मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्यजाति शत्रुहरूको नजरमा निन्दित नहुनलाई हाम्रा परमेश्वरको डर राखेर तिमीहरूलाई बस्नुपर्नेथिएन?
यूहन्ना 7 : 23
23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि कुनै मानिसले शबाथ-दिनमा खतना गर्छ भने, मैले एक जना मानिसलाई शबाथ-दिनमा पूरै निको पारिदिएँ भनेर के तिमीहरू मसँग रीस गर्दछौ?
Leave a Reply