अराम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अराम

गन्ती 23 : 7
7 तब बालामले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “‘आउनुहोस्, मेरो निम्‍ति याकूबलाई सराप्‍नुहोस्‌। आउनुहोस्, ‘इस्राएललाई धम्‍की दिनुहोस्‌’ भनी मोआबका राजा बालाकले मलाई अरामबाट पूर्वका डाँड़ाहरूदेखि ल्‍याए।

१ इतिहास 2 : 23
23 (तर गशूर र अरामले तिनीहरूबाट हब्‍बात-याईर र केनात, त्‍यसका बस्‍तीहरूसमेत जम्‍मा साठी वटा सहर कब्‍जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्‍तान थिए।

उत्‍पत्ति 10 : 23
23 अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक थिए।

१ इतिहास 1 : 17
17 शेमका छोराहरू: एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक।

उत्‍पत्ति 22 : 21
21 जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,

१ इतिहास 7 : 34
34 शोमेरका छोराहरू: अही, रोहगा, हूब्‍बा र अराम।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *