यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरब
२ इतिहास 9 : 14
14 त्यसबाहेक मालहरू निकासी गर्ने व्यापारी र पैकारीहरूका महसूलबाट पनि राजस्व आउँथ्यो। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याउँथे।
२ इतिहास 17 : 11
11 कुनै-कुनै पलिश्तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्याए।
इजकिएल 27 : 21
21 “‘अरब देश र केदारका सबै राजकुमारहरू तेरा ग्राहक थिए। तिनीहरूले थुमा, भेड़ा र बाख्राका व्यापार तँसित गर्थे।
यशैया 21 : 13
13 अरब देशको विषयमा ईश्वरवाणी: ए ददानीहरूका यात्री दल, जो अरब देशका झाड़ीहरूमा वास बस्छौ,
यर्मिया 25 : 24
24 अरब देशका सबै राजाहरू र मरुभूमिमा बस्ने विदेशीहरूका सबै राजाहरूलाई,
गलाती 1 : 17
17 न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ।
Leave a Reply