यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अभिभावक
उत्पत्ति 6 : 18
18 तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्।
प्रस्थान 20 : 6
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
भजनसंग्रह 103 : 17
17 तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ—
प्रस्थान 20 : 5
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
लेवीहरू 20 : 5
5 म त्यस मानिस र त्यसको परिवारको विरोध गर्नेछु, र त्यसलाई र त्यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्यासमान बनाउने सबैलाई आफ्ना मानिसहरूबाट म बहिष्कार गरिदिनेछु।
यशैया 14 : 20
20 दफनको समयमा तँ उनीहरूसित मिल्नेछैनस्, किनकि तैंले आफ्नो देशको संहार गरेको छस्, तैंले आफ्ना मानिसहरूलाई मारेको छस्। दुष्टका सन्तानको नाउँ कहिल्यै लिइनेछैन।
यर्मिया 9 : 14
14 त्यसको सट्टा तिनीहरू आफ्ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।”
विलाप 5 : 7
7 हाम्रा पिता-पुर्खाहरूले पाप गरे, र अब उनीहरू छैनन्, अनि हामी उनीहरूका अधर्मको फल भोग्दछौं।
इजकिएल 16 : 45
45 तँ आफ्नी आमाकी साँचो छोरी होस्, जसले आफ्नै पति र छोराछोरीहरूलाई घृणा गरिस्। अनि तँ तेरा दिदीहरूकी बहिनी पनि होस्, जसले आ-आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गरे। तेरी आमा एउटी हित्तीनी थिई, र तेरा बुबा एक जना एमोरी थियो।
१ शमूएल 2 : 36
36 तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक गाँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्नेछ र बिन्ती गर्नेछ, मलाई कुनै पूजाहारी पदमा नियुक्त गर्नुहोस् र मसित खानलाई भोजन होस्।”
१ शमूएल 4 : 22
22 “इस्राएलबाट महिमा हरायो, किनभने परमेश्वरको सन्दूक खोसिएको छ,” त्यसले भनी।
उत्पत्ति 25 : 28
28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।
उत्पत्ति 25 : 28
28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।
उत्पत्ति 27 : 17
17 अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन्।
उत्पत्ति 33 : 2
2 तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाड़ि, त्यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्दा पछि राखे।
उत्पत्ति 37 : 3
3 आफ्नो बुढ़ेसकालका छोरा भएकाले इस्राएलले अरू छोराहरूलाई भन्दा योसेफलाई बढ़ी माया गर्थे, र तिनले योसेफको निम्ति राम्रा बुट्टाहरू भएको एउटा लामो लबेदा बनाइदिए।
उत्पत्ति 48 : 22
22 त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँ बढ़ी भएकोले मैले तँलाई एउटा पहाड़को पाखा दिएको छु, जो मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको थिएँ।”
उत्पत्ति 21 : 16
16 आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्” भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।
Leave a Reply