यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अपवित्र
लेवीहरू 19 : 8
8 त्यो खाने हरेक आफ्नो अधर्मको लागि आफै जिम्मेवार हुनेछ, किनभने त्यसले परमप्रभुको पवित्र कुरो अपवित्र पार्यो। अनि त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्।
१ कोरिन्थी 3 : 17
17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ।
तीतस 1 : 11
11 यिनीहरूको मुख बन्द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्याइराखेका छन्। यस्तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो।
१ पत्रुस 5 : 2
2 तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ,
उत्पत्ति 25 : 33
33 याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्नुहोस्।” तब उनले शपथ खाए, र आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे।
लेवीहरू 10 : 7
7 तिमीहरूचाहिँ भेट हुने पालको ढोकाबाट बाहिर नजानू, नत्रता तिमीहरू मरौला, किनभने परमप्रभुका अभिषेकको तेल तिमीहरूमाथि छ।” यसर्थ उनीहरूले मोशाको वचनअनुसार गरे।
गन्ती 3 : 4
4 तर नादाब र अबीहू सीनैको उजाड़-स्थानमा परमप्रभुको सामुन्ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्ने मरे, अनि तिनीहरूका सन्तान थिएन। त्यसैले एलाजार र ईतामार मात्र आफ्ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे।
२ शमूएल 6 : 7
7 तर परमप्रभु उज्जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यहाँ मार्नुभयो। यसरी तिनी परमेश्वरका सन्दूकको छेउमा मरे।
२ इतिहास 26 : 21
21 राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कोरी भए। तिनी अलग्गै घरमा कोरी भएर बस्न लागे। परमप्रभुको मन्दिरभित्र तिनी पस्न पाएनन्। राज्यका सबै कामकाजहरूबाट तिनलाई कार्य-मुक्त गरियो। अनि तिनका छोरा योतामले महलको रेखदेख गरे, र राजप्रतिनिधि भएर राज्य चलाउन लागे।
गन्ती 16 : 40
40 जस्तो परमप्रभुले एलाजारलाई मोशाद्वारा भन्नुभएको थियो। हारूनका सन्तानबाहेक कोही अन्य मानिस धूप बाल्न नजिक नआओस् भनी होशियार गराउन इस्राएलीहरूलाई यो सब भएको थियो, नत्रता त्यो पनि कोरह र उनको दलजस्तै हुनेछ।
१ शमूएल 6 : 19
19 तर परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूमध्ये सत्तरी जनालाई मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्दूकभित्र हेरेका थिए। परमप्रभुले यस्तो ठूलो विनाश ल्याउनुभएकोले मानिसहरूले विलाप गरे,
२ इतिहास 28 : 24
24 आहाजले परमप्रभुको मन्दिरका भाँड़ाकुँड़ाहरू जम्मा गरेर लगे, अनि परमप्रभुको मन्दिरका ढोकाहरू पनि बन्द गरिदिए। तिनले यरूशलेमका सड़क-सड़कमा वेदीहरू बनाए।
मत्ती 21 : 13
13 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
लूका 19 : 45
45 तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो,
यूहन्ना 2 : 16
16 ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ।”
१ कोरिन्थी 11 : 29
29 किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ।
Leave a Reply