अपमानजनक सम्बन्धहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अपमानजनक सम्बन्धहरू

हितोपदेश 20 : 30
30 मुक्‍का र चोटहरूले खराबी हटाउँछन्, र पिटाइले भित्री मनुष्‍यत्‍व खारिन्‍छ।

हितोपदेश 21 : 9
9 कचकचे पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस।

हितोपदेश 26 : 3
3 घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी!

हितोपदेश 15 : 1 – 33
1 नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।
2 बुद्धिमान्‌को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ।
3 परमप्रभुको नजर सर्वत्र रहन्‍छ, दुष्‍ट र असल दुवैमाथि उहाँ नजर राख्‍नुहुन्‍छ।
4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्‍मालाई आघात पुर्‍याउँछ।
5 मूर्खले आफ्‍नो बुबाको अनुशासनलाई लत्‍याउँछ, तर सुधारलाई ध्‍यान दिनेले बुद्धिमानी देखाउँछ।
6 धर्मी मानिसको घरमा प्रशस्‍त धन हुन्‍छ, तर दुष्‍ट मानिसको कमाइले दु:ख ल्‍याउँछ।
7 बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्‍यस्‍तो हुँदैन।
8 दुष्‍ट मानिसको बलिदान परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर ईमानसँग चल्‍नेको प्रार्थनादेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।
9 दुष्‍ट मानिसको मार्ग परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर धार्मिकताको पछि लाग्‍नेहरूलाई उहाँ प्रेम गर्नुहुन्‍छ।
10 आफ्‍नो मार्ग त्‍याग्‍नेले कठोर ताड़ना भोग्‍नुपर्छ, जसले सुधारलाई घृणा गर्छ त्‍यो मर्नेछ।
11 मृत्‍यु र विनाश परमप्रभुको सामुन्‍ने खुलस्‍त छन्‌ भने, मानिसको हृदय झन्‌ कत्ति खुलस्‍त होला।
12 खिल्‍ली उड़ाउनेले सुधारलाई निको मान्‍दैन, त्‍यसले बुद्धिमान्‌को सल्‍लाह लिँदैन।
13 आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।
14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ।
15 थिचोमिचोमा परेकाहरूका अवहेलित जीवन दिनहुँ दु:खको हुन्‍छ, तर आनन्‍दित हृदय सधैँ सुखी हुन्‍छ।
16 होहल्‍लाको साथ प्रशस्‍तै धन हुनुभन्‍दा थोरै धनसित परमप्रभुको भय राख्‍नु उत्तम हो।
17 द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्‍दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो।
18 गरम मिजासको मानिसले कलह मच्‍चाउँछ, तर धैर्यवान्‌ मानिसले झैँझगड़ा शान्‍त गराउँछ।
19 अल्‍छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्‍छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो।
20 बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्‍याउँछ, तर मूर्ख मानिसले आफ्‍नी आमालाई तुच्‍छ ठान्‍छ।
21 समझ नभएको मानिस मूर्खतामा प्रसन्‍न रहन्‍छ, तर समझशक्ति भएको मानिस सीधै आफ्‍नो लक्ष्यतिर बढ्‌छ।
22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्‍छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्‍छन्‌।
23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्‍छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्‍छ।
24 जीवनको मार्गले बुद्धिमान्‌लाई उँभोतिर डोर्‍याउँछ, त्‍यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।
25 परमप्रभुले अहङ्कारी मानिसको घर भत्‍काइदिनुहुन्‍छ, तर विधवाको साँधसिमाना उहाँले अखण्‍ड राख्‍नुहुन्‍छ।
26 परमप्रभुले दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्‍छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्‍न हुनुहुन्‍छ।
27 लोभी मानिसले आफ्‍नो परिवारमा सङ्कष्‍ट ल्‍याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्‍यो जिउनेछ।
28 धर्मीको हृदयले जवाफ दिन अघि त्‍यसलाई जोख्‍दछ, तर दुष्‍टको मुखले खराबी बकवाद गर्दछ।
29 परमप्रभु दुष्‍टदेखि टाढ़ै रहनुहुन्‍छ, तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्‍छ।
30 हँसिलो चेहराले हृदयलाई हर्षित तुल्‍याउँछ, र शुभ-समाचारले हड्डीलाई स्‍वस्‍थ पार्छ।
31 जसले जीवन दिने हप्‍की सुन्‍छ, त्‍यसले बुद्धिमान्‌हरूका माझमा सङ्गत पाउँछ।
32 अनुशासनलाई बेवास्‍ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्‍यान दिनेले समझशक्ति प्राप्‍त गर्छ।
33 परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।

१ पत्रुस 3 : 7
7 पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।

१ कोरिन्थी 7 : 15
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।

१ कोरिन्थी 7 : 1 – 40
1 अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।
3 पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई।
4 पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे।
5 पति पत्‍नीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एक-अर्कालाई इन्‍कार नगर। इन्‍कार गर्‍यौ भने पनि आपसमा सल्‍लाह गरेर केही समयको निम्‍ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्‍मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।
6 यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्‍दछु।
7 सबै मानिस मजस्‍तै रहेको म इच्‍छा गर्दछु। तर हरेकलाई परमेश्‍वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कालाई अर्को किसिमको।
8 तर अविवाहित र विधवाहरूलाई म भन्‍दछु, तिनीहरू मजस्‍तै अविवाहित रहे तिनीहरूका निम्‍ति असल हुनेछ।
9 तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।
10 अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
11 तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।
12 तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।
13 यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।
14 किनकि अविश्‍वासी पति आफ्‍नी पत्‍नीद्वारा पवित्र हुन्‍छ, र अविश्‍वासी पत्‍नी आफ्‍नो पतिद्वारा पवित्र हुन्‍छे, नत्रता तिनीहरूका छोरा-छोरीहरू अशुद्ध हुनेछन्, तर वास्‍तवमा तिनीहरू त पवित्र छँदैछन्‌।
15 तर विश्‍वास नगर्नेचाहिँ छुट्टिन्‍छ भने छुट्टिओस्‌। यस्‍तो अवस्‍थामा त्‍यो ख्रीष्‍टमा विश्वास गर्ने पति अथवा पत्‍नी कुनै बन्‍धनमा रहनेछैन। किनभने परमेश्‍वरले हामीलाई शान्‍तिमा रहन बोलाउनुभएको हो।
16 हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?
17 प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो हिंडोस्। सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो।
18 के कोही मानिसको बोलावट हुँदा त्‍यसको अघिबाटै खतना भइसकेको थियो? त्‍यसो हो भने त्‍यसले बेखतना हुन नखोजोस्‌। के कोही खतना नहुँदै बोलावट भएको छ? त्‍यसो भए त्‍यसले खतना हुन नचाहोस्‌।
19 खतना केही होइन, बेखतना पनि केही होइन, तर परमेश्‍वरको आज्ञापालन मुख्‍य कुरा हो।
20 जुन अवस्‍थामा मानिसलाई बोलावट भएको छ, त्‍यसैमा नै हरेक मानिस रहिरहोस्‌।
21 तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्‍यसको वास्‍ता नगर, तर स्‍वतन्‍त्र हुन सक्‍छौ भने त्‍यसको फाइदा उठाऊ।
22 किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्‍यो प्रभुको स्‍वतन्‍त्र मानिस भएको छ। त्‍यसै गरी बोलावट भएको समयमा जो मानिस स्‍वतन्‍त्र थियो, त्‍यो ख्रीष्‍टको कमारो भएको छ।
23 तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन।
24 यसकारण भाइ हो, जसलाई जस्‍तो अवस्‍थामा बोलावट भएको छ, प्रत्‍येक त्‍यही अवस्‍थामा परमेश्‍वरसँग रहिरहोस्‌।
25 अब कन्‍याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्‍वासयोग्‍य व्‍यक्तिको हैसियतले म तिमीहरूलाई आफ्‍नो सल्‍लाह दिन्‍छु।
26 वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु।
27 के तिमीले विवाह गरेका छौ? त्‍यसो भए आफ्‍नी पत्‍नीबाट छुट्‌न नखोज। के तिमी अविवाहित छौ? त्‍यसो भए विवाह गर्न नखोज।
28 तर तिमीले विवाह गर्‍यौ भने पनि त्‍यो पाप होइन। कन्‍याकेटीले विवाह गर्दैमा त्‍यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्‍टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्‍छु।
29 भाइ हो, मेरो भन्‍ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्‍त पत्‍नी हुनेहरू पत्‍नी नभएकाहरूजस्‍तै भएर रहून्‌।
30 शोक गर्नेहरू शोक नगरेकाहरूजस्‍ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्‍ता भएर रहून्‌। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्‍तै रहून्‌।
31 र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्‍नो केही चासो नभएजस्‍तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।
32 तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
33 तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
34 यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे।
35 यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।
36 यदि कुनै मानिसले आफूसँग मगनी भइसकेकी कन्‍यासँग अनुचित व्‍यवहार गरेको ठान्‍छ, र यदि त्‍यस कन्‍याको उमेर पनि ढल्‍कँदैगएको छ भने, उसले विवाह गर्न चाहे विवाह गर्न सक्‍छ। यसमा पाप छैन। तिनीहरूको विवाह हुनैपर्छ।
37 तर जुन मानिसले आफ्‍नो मन पक्‍का गरिसकेको छ, जो कुनै करकापमा परेको छैन, तर आफ्‍नो इच्‍छालाई वशमा राख्‍न सक्‍छ, र जसले कन्‍यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ, भने— यस्‍तो मानिसले पनि ठीकै गर्दछ।
38 यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
39 पति बाँचुञ्‍जेल पतिकै बन्‍धनमा पत्‍नी रहन्‍छे। तर पतिको मृत्‍यु भएपछि त्‍यसले इच्‍छा गरेको व्‍यक्तिसँग त्‍यो विवाह गर्न स्‍वतन्‍त्र हुन्‍छे, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ।
40 तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।

१ तिमोथी 3 : 2
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्‍ने, एउटै पत्‍नीका पति, संयमी, समझदार, सम्‍मानित, अतिथिसत्‍कार गर्ने, सुयोग्‍य शिक्षक होऊन्,

तीतस 3 : 1
1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्‍पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।

एफिसी 5 : 22
22 पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।

मत्ती 18 : 15 – 17
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।
16 तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।
17 यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।

मत्ती 5 : 29
29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा फालिनुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।

१ कोरिन्थी 7 : 12
12 तर तिमी अरूहरूलाई म भन्‍दछु (यो मेरो भनाइ हो, प्रभुको होइन), यदि कुनै भाइकी ख्रीष्‍टमा विश्‍वास नगर्ने पत्‍नी छ, र तिनी ऊसँग बस्‍न चाहन्‍छिन्‌ भने, उसले त्‍यसलाई नत्‍यागोस्‌।

लूका 16 : 18
18 “जसले आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीलाई विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, र श्रीमान्‌बाट त्‍यागिएकी स्‍त्रीलाई विवाह गर्ने मानिसले पनि व्‍यभिचार गर्दछ।

मत्ती 19 : 3 – 9
3 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्‍छेद गर्न उचित छ?”
4 तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
5 र भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’
6 ती अब दुई होइनन्, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”
7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्‍छेदको त्‍यागपत्र दिएर पत्‍नीलाई त्‍याग्‍ने आज्ञा दिए?”
8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्‍नीलाई त्‍याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्‌। तर सुरुदेखि यस्‍तो थिएन।
9 म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”

मत्ती 5 : 31 – 32
31 “यसो पनि भनिएको छ, कि ‘जसले आफ्‍नी पत्‍नीलाई त्‍याग गर्छ, त्‍यसले तिनलाई त्‍यागपत्र लेखिदेओस्‌।’
32 तर म तिमीहरूलाई भन्‍दछु, जसले आफ्‍नी पत्‍नीलाई व्‍यभिचारको कारणबाहेक अरू कारणले त्‍याग गर्ला, त्‍यसले तिनलाई व्‍यभिचारिणी तुल्‍याउँछ, र जसले त्‍याग गरिएकी स्‍त्रीसँग विवाह गर्ला, त्‍यसले व्‍यभिचार गर्नेछ।

हितोपदेश 16 : 25
25 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।

मत्ती 19 : 9
9 म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *