अन्त समय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अन्त समय

याकूब 2 : 1 – 5
1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्‍ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्‍वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।
2 यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,
3 तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने,
4 के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र?
5 मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?

रोमी 2 : 6 – 8
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।

मत्ती 7 : 21
21 “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ।

मत्ती 9 : 6 – 8
6 तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”
7 अनि त्‍यो उठ्यो, र आफ्‍नो घरतिर लाग्‍यो।
8 जब भीड़ले यो देख्‍यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्‍तो शक्ति दिनुहुने परमेश्‍वरको प्रशंसा गरे।

१ तिमोथी 3 : 14 – 15
14 तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्‍तछु,
15 ताकि कतै म ढिलाएँ भने पनि परमेश्‍वरको घराना, जो जीवित परमेश्‍वरको मण्‍डली हो र सत्‍यको खामो र आड़ हो, त्‍यहाँ कसरी चल्‍नुपर्छ सो तिमीले जानिराख।

हिब्रू 9 : 27
27 जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ,

१ यूहन्‍ना 5 : 19
19 हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ।

याकूब 2 : 20 – 24
20 मूर्ख हो, कामविनाको विश्‍वास व्‍यर्थ हुन्‍छ भन्‍ने कुराको प्रमाण चाहन्‍छौ?
21 जब हाम्रा पुर्खा अब्राहामले आफ्‍नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन्‌ र?
22 तिमी देख्‍तछौ, कि तिनका कामहरू सँगसँगै विश्‍वास क्रियाशील थियो, र कामद्वारा नै विश्‍वास पूर्ण भएको थियो।
23 पवित्रधर्मशास्‍त्रको यसो भन्‍ने वचन पूरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्‍ति धार्मिकता गनियो,” र उनी परमेश्‍वरका मित्र कहलिए।
24 तिमीहरू देख्‍तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्‍वासद्वारा मात्र होइन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *