यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनुशासन
कलस्सी 3 : 16
16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।
फिलिप्पी 2 : 4
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
१ कोरिन्थी 11 : 1
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु।
याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
१ तिमोथी 3 : 1 – 7
1 यो भनाइ विश्वासयोग्य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ।
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्,
3 मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने,
4 आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्।
5 यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने, तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र?
6 तिनी नयाँ विश्वासी नहोऊन्, नत्रता घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्।
7 फेरि, बाहिरकाहरूका दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्।
हिब्रू 10 : 24 – 25
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं।
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
Leave a Reply