यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनुवादक
उत्पत्ति 40 : 8
8 उनीहरूले तिनलाई भने, “हामीले सपना देख्यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।” योसेफले उनीहरूलाई भने, “सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र? मलाई तपाईंहरूका सपना बताउनुहोस्।”
उत्पत्ति 41 : 16
16 योसेफले फारोलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ।”
दानिएल 2 : 30
30 तर जसै मलाई यो रहस्य खोलिएको छ, अरू जीवित प्राणीहरूभन्दा ममा बढ्ता बुद्धि भएको कारणले होइन तर यसैकारण कि हजूर महाराजालाई सपनाको अर्थ खोलिओस् र हजूरको आफ्नो मनमा भएका कुरा बुझ्न सक्नुभएको होस् भनेर हो।
उत्पत्ति 42 : 23
23 योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभासे भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन।
२ इतिहास 32 : 31
31 तर जब बेबिलोनका शासकहरूले पठाएका राजदूतहरू देशमा देखिएको आश्चर्यका चिन्हको विषयमा सोध्न आए, तब परमेश्वरले तिनलाई जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन तिनलाई छोड्नुभयो।
नहेम्याह 8 : 8
8 तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए।
अय्यूब 33 : 23
23 “तर पनि यदि हजारौँमा एक स्वर्गदूत, परमेश्वर र मानिसको बीच एक मध्यस्थ, मानिसलाई त्यसको कर्तव्य सम्झाउनलाई त्यसको छेउमा खड़ा भयो भने,
१ कोरिन्थी 12 : 10
10 कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।
१ कोरिन्थी 12 : 30
30 के सबैसँग निको पार्ने वरदानहरू हुन्छन्? के सबैले विभिन्न भाषा बोल्दछन्? के सबैले अर्थ खोल्न सक्छन् र?
१ कोरिन्थी 14 : 5
5 तिमीहरू सबै अन्य भाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने, अन्य भाषामा बोल्नेभन्दा अगमवाणी बोल्ने श्रेष्ठ हो।
१ कोरिन्थी 14 : 13
13 यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्।
१ कोरिन्थी 14 : 28
28 तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्, र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्।
अय्यूब 33 : 23
23 “तर पनि यदि हजारौँमा एक स्वर्गदूत, परमेश्वर र मानिसको बीच एक मध्यस्थ, मानिसलाई त्यसको कर्तव्य सम्झाउनलाई त्यसको छेउमा खड़ा भयो भने,
Leave a Reply