अनुमान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनुमान

प्रस्‍थान 5 : 2
2 फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्‍दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्‍नँ।”

प्रस्‍थान 14 : 12
12 के मिश्रमा ‘हामीलाई मिश्रीहरूको सेवा गर्न छोड़िदिनुहोस्‌’ भनी हामीले तपाईंलाई भनेका थिएनौं र? उजाड़-स्‍थानमा मर्नुभन्‍दा त हामीलाई मिश्रीहरूकै सेवा गर्न असल हुने थियो।”

प्रस्‍थान 17 : 7
7 “परमप्रभु हाम्रा बीचमा हुनुहुन्‍छ कि हुनुहुन्‍न” भन्‍ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्‍यस ठाउँको नाउँ तिनले मस्‍साह [1] र मेरीबा [2] राखे।

गन्ती 15 : 30
30 “‘तर स्‍वदेशी वा परदेशी कुनै व्‍यक्तिले अटेरीसाथ पाप गर्‍यो भने, त्‍यसले निन्‍दा गर्छ, र त्‍यो व्‍यक्ति आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌।

गन्ती 16 : 41
41 भोलिपल्‍ट इस्राएलीहरूका जम्‍मै समुदायले मोशा र हारूनका विरुद्धमा यसो भनेर गनगनाए, “तपाईंहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नुभएको हो।”

गन्ती 21 : 5
5 तब तिनीहरूले परमेश्‍वर र मोशाको विरुद्धमा यसो भन्‍न लागे, “यस उजाड़-स्‍थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्‍याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्‍छ खानेकुरादेखि त हामीलाई वाक्‍कै लागिसक्‍यो।”

व्यवस्था 29 : 20
20 त्‍यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्‍यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्‍वाला त्‍यस मानिसमाथि पर्नेछ। यस पुस्‍तकमा लेखिएका सबै सराप त्‍यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्‍यसको नाउँ आकाशमुनिबाट मेट्‌नुहुनेछ।

१ राजाहरू 20 : 28
28 परमेश्‍वरका जन इस्राएलका राजाकहाँ आएर तिनलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘अरामीहरूले परमप्रभु त डाँड़ाहरूका ईश्‍वर हुन्, बेँसीका ईश्‍वर होइनन्‌ भनी सम्‍झन्‍छन्‌। यसकारण म यस विशाल सेनालाई तेरो हातमा सुम्‍पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌’।”

१ राजाहरू 22 : 24
24 तब केनानाका छोरा सिदकियाह माथि आएर मीकायाको मुखमा थप्‍पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”

अय्‍यूब 15 : 25
25 किनभने त्‍यसले परमेश्‍वरको विरुद्धमा आफ्‍नो हात उठाएको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा जोरी खोजेको छ।

भजनसंग्रह 19 : 13
13 आफ्‍नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्‍नुहोस्‌, तिनीहरूको प्रभुत्‍व ममाथि हुन नपाओस्‌। तब म निर्दोष हुनेछु, र घोर अपराधहरूबाट म निर्दोष हुनेछु।

भजनसंग्रह 131 : 1
1 यात्राको निम्‍ति दाऊदको गीत [1] हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्‍डी छैनन्‌। आफूले नभ्‍याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्‍झाउँदिनँ।

हितोपदेश 18 : 13
13 जसले सुन्‍न अघि नै जवाफ दिन्‍छ, त्‍यो त्‍यसको मूर्खता र शर्म हो।

हितोपदेश 25 : 7
7 ठूलाबड़ाका अगि तँलाई तिनले होच्‍याउनुभन्‍दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।”

यशैया 5 : 25
25 यसकारण परमप्रभुको रीस आफ्‍ना प्रजामाथि उठेको छ। उहाँले आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनुभएको छ, र तिनीहरूलाई हिर्काउनुहुन्‍छ। डाँड़ाहरू हल्‍लिन्‍छन्, र मानिसहरूका लाश सड़कमा कसिङ्गरझैँ छन्‌। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझैमाथि उठाइएकै छ।

यशैया 10 : 15
15 के बन्‍चरोले त्‍यसलाई चलाउनेको विरुद्धमा आफूलाई उच्‍च पार्छ? अथवा के आराले त्‍यसलाई चलाउनेको विरुद्धमा आफ्‍नो बड़प्‍पन देखाउँछ? यो त लहुरो आफैले पो त्‍यसलाई उठाउनेलाई मच्‍चाएझैँ, अथवा लहुरो आफैले त्‍यसलाई उठाउने मानिस, जो काठ होइन, उसलाई मच्‍चाएझैँ हुन्‍छ!

यशैया 14 : 14
14 म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।”

यशैया 28 : 18
18 मृत्‍युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्‍झौता स्‍थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्‍यसले डुबाउनेछ।

यशैया 28 : 22
22 अब आफ्‍नो ठट्टा रोक, नत्रता तिमीहरूका साङ्‌ला अझ गह्रौँ हुनेछन्‌। परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देश नै नष्‍ट हुने कुरा मलाई भन्‍नुभएको छ।

यशैया 29 : 16
16 कुमाले माटोजस्‍तै छ भनी सोचेजस्‍तै तिमीहरू कुरा उल्‍टापुल्‍टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्‍छ, “त्‍यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्‍न सक्‍छ, “त्‍यसले केही पनि जान्‍दैन”?

यशैया 29 : 20
20 निर्दयी मानिसहरूको केही नाउँनिशानै रहनेछैन। निन्‍दा गर्नेहरू लोप हुनेछन्, र दुष्‍ट काममा नजर लाउनेहरू संहार गरिनेछन्,

यशैया 45 : 10
10 धिक्‍कार त्‍यसलाई, जसले बुबालाई भन्‍छ, ‘तपाईंले केलाई जन्‍माउनुभयो? अथवा आमालाई भन्‍छ, ‘तपाईंले के जन्‍माउनुभयो?”

यशैया 58 : 3
3 तिनीहरू भन्‍छन्, ‘हामीहरू उपवास बस्‍यौं, र किन तपाईं देख्‍नुहुन्‍न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्‍यान दिनुहुन्‍न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्‍नै इच्‍छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।

यशैया 65 : 5
5 जसले भन्‍छन्, ‘पर जा, मेरो नजिक नआइज, किनकि म तेरो निम्‍ति अति पवित्र छु’। यस्‍ता मानिसहरू त मेरा नाकमा धूवाँ, र दिनभरि बलिरहने आगो हुन्‌।

यर्मिया 23 : 34
34 यदि कुनै अगमवक्ता वा पूजाहारी वा अरू कसैले ‘यो परमप्रभुको ईश्‍वरवाणी हो’ भनी दाबी गर्छ भने, म त्‍यसलाई र त्‍यसको घरानालाई दण्‍ड दिनेछु।

मत्ती 4 : 7
7 येशूले त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”

लूका 4 : 11
11 र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्‍नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *