अनुग्रह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनुग्रह

२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्‍नुभयो, “मेरो अनुग्रह तेरो निम्‍ति पर्याप्‍त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्‍छ।” यसकारण ख्रीष्‍टको शक्ति ममा वास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।

एफिसी 2 : 8 – 9
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—
9 कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्‍ड गर्नेछ।

रोमी 6 : 14
14 किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।

रोमी 11 : 6
6 तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।

याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

एफिसी 2 : 8
8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—

१ कोरिन्थी 15 : 10
10 तर म जो छु, त्‍यो परमेश्‍वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्‍यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्‍दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्‍वरको अनुग्रहले हो।

रोमी 5 : 8
8 तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।

यूहन्‍ना 1 : 16
16 उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं।

हिब्रू 4 : 16
16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

२ पत्रुस 3 : 9
9 आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

रोमी 3 : 20 – 24
20 यसैकारण व्‍यवस्‍थाको कर्मले कोही प्राणी उहाँको दृष्‍टिमा धर्मी ठहरिनेछैन, किनकि व्‍यवस्‍थाद्वारा नै पापको चेतना हुन्‍छ।
21 तर अब त व्‍यवस्‍थाविनै परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्‍यसैको गवाही व्‍यवस्‍था र अगमवक्ताहरूले दिएका छन्‌।
22 येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैमाथि परमेश्‍वरको धार्मिकता विश्‍वासद्वारा प्रकट भएको छ। किनभने केही भेद छैन,
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।
24 परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌।

रोमी 3 : 24
24 परमेश्‍वरका अनुग्रहको वरदानले ख्रीष्‍ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्‌।

यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

२ तिमोथी 4 : 22
22 प्रभु तिम्रो आत्‍मासँग रहून्‌। तिमीसित अनुग्रह रहोस्‌।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

गन्ती 6 : 25
25 परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌।

कलस्सी 4 : 2 – 6
2 सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो।
3 हाम्रा निम्‍ति पनि प्रार्थना गर, ताकि ख्रीष्‍टको त्‍यो रहस्‍य प्रचार गर्नलाई परमेश्‍वरले हामीलाई वचनको निम्‍ति एउटा ढोका खोलिदेऊन्, जसको निम्‍ति म थुनामा परेको छु,
4 र मैले बोल्‍नुपर्ने वचन खुलस्‍त पार्न सकूँ।
5 समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर।
6 नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।

रोमी 6 : 16
16 के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको?

हिब्रू 5 : 9
9 र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *