अधिकारी, सिभिल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अधिकारी, सिभिल

व्यवस्था 1 : 16
16 त्‍यस बेला मैले तिमीहरूका न्‍यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्‍याय गर, चाहे त्‍यो झगड़ा इस्राएली भाइहरूको होस्‌ अथवा तिनीहरूमध्‍ये एक जना र एक जना विदेशीको बीचमा होस्‌।

२ शमूएल 8 : 18
18 यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्‍लाहकार थिए।

२ शमूएल 20 : 26
26 याईरी ईराचाहिँ दाऊदका पुरोहित थिए।

१ राजाहरू 4 : 19
19 गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्‍यस जिल्‍लाका एक जना मात्र जिल्‍लापाल थिए।

१ राजाहरू 9 : 22
22 तर सोलोमनले इस्राएलीहरू कसैलाई पनि कमारा-कमारी बनाएनन्‌। तिनीहरूचाहिँ तिनका सिपाहीहरू, सरकारी अधिकृतहरू, अधिकृतहरू, कप्‍तानहरू, अनि रथ र सारथिहरूका सेनापतिहरू थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *