यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अथलिया
२ राजाहरू 8 : 18
18 आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही तिनले गरे।
२ राजाहरू 8 : 26
26 जब तिनी राजा भए तब अहज्याह बाईस वर्षका थिए, र तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। तिनी इस्राएलका राजा ओम्रीकी एउटी नातिनी थिइन्।
२ राजाहरू 11 : 3
3 अतल्याहले देशमा शासन गर्दा यसरी त्यो आफ्नो धाईसित परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बस्यो।
२ राजाहरू 11 : 16
16 यसैले तिनी राजमहलका घोड़ाहरू पस्ने ठाउँमा पुग्दा तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनलाई मारे।
२ राजाहरू 11 : 20
20 र देशका सारा मानिसहरू आनन्दित भए। अनि सहरमा शान्ति भयो, किनभने अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्।
२ इतिहास 22 : 12
12 अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
२ इतिहास 23 : 15
15 तब तिनीहरूले तिनलाई समाते, र राजमहलको अगि लगेर त्यहीँ नै अश्व ढोकाको छेड़ोमा मारे।
२ इतिहास 23 : 21
21 सारा मानिसहरू आनन्दित भए, र सहरमा शान्ति भयो, किनभने अतल्याह तरवारले मारिएकी थिइन्।
१ इतिहास 8 : 26
26 शम्शरै, सहर्याह, अतल्याह,
एज्रा 8 : 7
7 एलामका परिवारका— अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष।
Leave a Reply