यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् tarshish
यशैया 60 : 9
9 निश्चय नै टापूहरूले मलाई हेर्छन्। अगिअगिचाहिँ तर्शीशका व्यापारी जहाजहरू छन्। परमप्रभु तेरा परमेश्वरको निम्ति, अर्थात् इस्राएलका परमपवित्रका सम्मानको निम्ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढ़ा-टाढ़ाबाट ल्याउँछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।
योना 1 : 1 – 17
1 परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो:
2 “त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।”
3 तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े।
4 तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो।
5 सबै नावीकहरू डराए, र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्लो तलामा गएका थिए, र त्यहाँ तिनी भुसुक्क निदाए।
6 जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।”
7 तब नावीकहरूले आपसमा भन्न लागे, “आओ, यस आपत्तिको जिम्मावार को रहेछ, सो जान्नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्यो।
8 तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत् ल्याउन को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?”
9 तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”
10 यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्नेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो।)
11 समुद्रका छालहरू झन्-झन् प्रचण्ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्ति शान्त होला?”
12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।”
13 तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्-झन् खराब हुँदैगयो।
14 यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ।”
15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्त भइहाल्यो।
16 यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने, र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे।
17 तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे।
योना 4 : 1 – 2
1 तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो।
2 अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ।
इजकिएल 38 : 13
13 शेबा र ददान तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्नेछन्, “के तँ लुट्नलाई आएको होस्? के लूटका माल हात पार्न, सुनचाँदी लैजान, गाईबस्तु, मालसामान जफत गर्न, दामी-दामी लूटका सामान जम्मा गर्न के तैंले आफ्ना सैन्य-दलहरू भेला गरेको होस्’?”
Leave a Reply