Tabernacles, को पर्व

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Tabernacles, को पर्व

प्रस्‍थान 23 : 16
16 “तिमीहरूले खेतमा छरेको अन्‍नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।” “वर्षको अन्‍तमा जब तिमीहरू आफ्‍नो खेतबाट आफ्‍नो मेहनतको फल बटुल्‍छौ, त्‍यस बेला अन्‍न भित्र्याउने चाड़ मनाओ।

प्रस्‍थान 34 : 22
22 “तिमीहरूले साताहरूको चाड़ पहिले उब्‍जिएको गहूँसाथ मान्‍नू, र वर्षको आखिरमा अन्‍न भित्र्याउने चाड़ पनि मान्‍नू।

लेवीहरू 23 : 43
43 र मैले मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई झुप्रामा बस्‍न लाएको थिएँ भनी तिमीहरूका भावी सन्‍तानहरूले जानून्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”

गन्ती 29 : 40
40 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुरा मोशाले इस्राएलीहरूलाई बताइदिए।

व्यवस्था 16 : 16
16 जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुनेछ, त्‍यहाँ वर्षमा तीन पल्‍ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्‍ने देखा परून्‌: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्‌।

लेवीहरू 23 : 43
43 र मैले मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई झुप्रामा बस्‍न लाएको थिएँ भनी तिमीहरूका भावी सन्‍तानहरूले जानून्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”

व्यवस्था 31 : 12
12 पुरुष र स्‍त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न र यस व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्‌।

नहेम्‍याह 8 : 18
18 पहिलो दिनदेखि पछिल्‍लो दिनसम्‍म दिनहुँ एज्राले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। तिनीहरूले सात दिनसम्‍म यो चाड़ मनाए। र आठौँ दिनमा विधिअनुसार पवित्र सभा थियो।

एज्रा 3 : 4
4 त्‍यसपछि प्रतिदिनको निम्‍ति तोकिएको संख्‍याअनुसार होमबलिका साथ तिनीहरूले तोकिएबमोजिम छाप्रोवासको चाड़ मनाए।

नहेम्‍याह 8 : 18
18 पहिलो दिनदेखि पछिल्‍लो दिनसम्‍म दिनहुँ एज्राले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। तिनीहरूले सात दिनसम्‍म यो चाड़ मनाए। र आठौँ दिनमा विधिअनुसार पवित्र सभा थियो।

यूहन्‍ना 7 : 2
2 अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो।

यूहन्‍ना 7 : 14
14 चाड़को बीचमा येशू मन्‍दिरभित्र पस्‍नुभयो, र शिक्षा दिनुभयो।

नहेम्‍याह 8 : 17
17 निर्वासबाट आएका सबै समुदायले छाप्रो बनाएर तिनमा बसे। नूनका छोरा यहोशूको पालोदेखि त्‍यस दिनसम्‍म यो उत्‍सव इस्राएलीहरूले यसरी मनाएका थिएनन्‌। अनि तिनीहरूको आनन्‍द असाध्‍य ठूलो भयो।

जकरिया 14 : 19
19 मिश्रदेशमाथि र छाप्रो-वासको चाड़ मान्‍नलाई नजाने सबै जातिहरूमाथि पनि त्‍यही दण्‍ड पर्नेछ।

१ राजाहरू 12 : 33
33 आठौँ महिनाको पन्‍ध्रौँ दिनमा, तिनी आफैले तोकेको महिनामा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढ़ाए। यसरी इस्राएलीहरूका निम्‍ति तिनले चाड़ ठहराए, र बलिदान चढ़ाउनलाई आफै वेदीमा उक्‍लेर गए।

१ इतिहास 27 : 11
11 आठौँ, आठौँ महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *