Nebuzar-Adan

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Nebuzar-Adan

२ राजाहरू 25 : 21
21 त्‍यहाँ हमातका देशको रिब्‍लामा बेबिलोनका राजाले तिनीहरूलाई मार्न लाए। यसरी यहूदा आफ्‍नो देशबाट कैदमा लगियो।

यर्मिया 39 : 10
10 तर केही पनि नभएका केही गरीब मानिसहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले यहूदा देशमा छोड़िराखे, र तिनीहरूलाई उनले दाखबारी र खेतहरू दिए।

यर्मिया 43 : 6
6 पुरुषहरू, स्‍त्रीहरू, केटाकेटीहरू, राजकुमारीहरू— जसलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्‍याहको हातमा सुम्‍पेका थिए— तिनीहरूलाई र यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि तिनीहरूले लगे।

यर्मिया 52 : 30
30 उनको तेईसौँ वर्षमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले ७४५ जना यहूदीहरूलाई निर्वासनमा लगे। सबै मानिसहरू ४,६०० जना थिए।

यर्मिया 39 : 14
14 मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्‍याए। तिनलाई घरमा लैजाने जिम्‍मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्‍याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्‍ना मानिसहरूसँगै रहे।

यर्मिया 40 : 5
5 तापनि यर्मिया जान लाग्‍दा नबूजरदानले फर्केर भने, “शापानका नाति, अहीकामका छोरा गदल्‍याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका नगरहरूमाथि राज्‍यपाल नियुक्त गर्नुभएको छ। त्‍यहाँ तिनीसँगै अरू मानिसहरूसित तिमी बस, अथवा तिमीलाई जता जान मन लाग्‍छ त्‍यतै जाऊ।” तब सेनापतिले तिनलाई खाने भत्ता र उपहार दिए, र तिनलाई छोड़िदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *