यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Maaseiah
१ इतिहास 15 : 18
18 अनि तिनीहरूका दोस्रो दर्जाका कुटुम्बहरू जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह र द्वारपालहरू ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
१ इतिहास 15 : 20
20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाह सारङ्गीमा अलामोत भन्ने राग बजाउन नियुक्त भए।
२ इतिहास 23 : 1
1 सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।
२ इतिहास 26 : 11
11 यसबाहेक उज्जियाहको तालीम पाएका र युद्धको निम्ति सधैँ तयार रहने सिपाहीहरूको एउटा सेना पनि थियो। सेनाका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले जनगणनाअनुसार दल-दल गरी राजाका एक जना अधिकारी हनन्याहको अधीनमा यिनीहरूलाई राखेका थिए।
२ इतिहास 28 : 7
7 एक जना एफ्राइमी वीर जिक्रीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजाका मुख्य मन्त्री एल्कानालाई मारे।
२ इतिहास 34 : 8
8 योशियाहका राजकालको अठारौँ वर्षमा देश र मन्दिरलाई शुद्ध पार्नलाई तिनले असल्याहका छोरा शापान, सहरका शासक मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्वरको मन्दिर मरम्मत गर्न पठाए।
एज्रा 10 : 18
18 विदेशी स्त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्याह थिए।
एज्रा 10 : 22
22 पशहूरका परिवारका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा।
नहेम्याह 8 : 4
4 शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्लाम उभिएका थिए।
नहेम्याह 8 : 7
7 लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए।
नहेम्याह 12 : 42
42 र मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर पनि थिए। यिज्रहियाहको निर्देशनमा गवैयाहरूले गाए।
यर्मिया 21 : 1
1 परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने,
यर्मिया 29 : 25
25 “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैंले आफ्नै नाउँमा यरूशलेमका सबै मानिसहरूलाई र मासेयाह पूजाहारीको छोरो सपन्याहलाई र अरू सबै पूजाहारीहरूलाई चिट्ठी लेखिस्। तैंले सपन्याहलाई यसो भनिस्,
यर्मिया 37 : 3
3 तापनि सिदकियाह राजाले शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पूजाहारीसित यर्मिया अगमवक्ताकहाँ यसो भनेर पठाए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरलाई प्रार्थना गरिदेऊ।”
एज्रा 10 : 30
30 पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे।
नहेम्याह 3 : 23
23 तिनका छेउमा बेन्यामीन र हश्शूबले आफ्नो घरको सामुन्ने मरम्मत गरे। तिनका छेउमा मासेयाहका छोरा, हननियाका नाति अजर्याहले आफ्नो घरको छेउमा मरम्मत गरे।
नहेम्याह 10 : 25
25 रेहूम, हशब्ना, मासेयाह,
Leave a Reply