jezebel

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् jezebel

प्रकाश 2 : 20
20 तर तिम्रो विरुद्धमा मैले यो भन्‍नु छ: तिमी ईजेबेल भन्‍ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे, र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।

२ राजाहरू 9 : 30 – 37
30 तब येहू यिजरेलमा गए। जे भएको थियो सो ईजेबेलले जब सुनिन्, तब तिनले आफ्‍ना आँखामा गाजल लाइन्, र कपाल बाटेर एउटा झ्‍यालबाट बाहिर हेरिन्‌।
31 जब येहू मूल ढोकाभित्र पसे, तब ईजेबेलले सोधिन्, “ए आफ्‍ना मालिकका हत्‍यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”
32 तिनले माथि झ्‍यालतिर हेरेर कराएर भने, “मतर्फ को छ? को छ?” तब दुई-तीन जना नपुंसकहरूले बाहिर तिनीतर्फ हेरे।
33 तिनले भने, “त्‍यसलाई तल फ्‍याँकिदेओ।” यसैले तिनीहरूले तिनलाई तल फ्‍याँकिदिए, र तिनको केही रगत उछिट्टिएर भित्तामा र तिनलाई कुल्‍चीमिल्‍ची गर्ने घोड़ाहरूमा पर्‍यो।
34 त्‍यसपछि भित्र पसेर येहूले खानपान गरे। तिनले भने, “यस श्रापित स्‍त्रीलाई राम्ररी लगेर गाड़िदेओ। किनकि त्‍यो राजाकी छोरी थिई।”
35 तर जब तिनीहरूले तिनलाई गाड्‌नलाई तल गए, तब तिनका खप्‍पर, खुट्टाहरू र हातहरूबाहेक केही पनि भेट्टाएनन्‌।
36 तिनीहरू फर्किआएर येहूलाई बताइदिए। तिनले भने, “आफ्‍ना दास तिश्‍बी एलियाद्वारा भनेको परमप्रभुको वचन यही थियो: ‘यिजरेलको त्‍यस ठाउँमा ईजेबेलको मासु कुकुरहरूले खानेछन्‌।
37 ईजेबेलको लाश यिजरेलको त्‍यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्‍न नसकोस्, ‘यो ईजेबेल हो’।”

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

२ राजाहरू 9 : 10
10 ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्‍यसलाई गाड्‌नेछैन’।” त्‍यसपछि ढोका खोलेर तिनी कुदेर गए।

१ राजाहरू 18 : 13
13 हे मेरा प्रभु, जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दैथिइन्, तब मैले के गरें भनी तपाईंले सुन्‍नुभएको छैन र? मैले पचास-पचास गरी तिनीहरूमध्‍येका एक सय जनालाई ओड़ारमा लुकाइराखें र तिनीहरूलाई अन्‍नपानी जुटाइदिएँ।

१ राजाहरू 18 : 4
4 जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्‍या गरिरहेकी थिइन्, तब ओबदियाले एक सय जनालाई लिएर तिनीहरूलाई अन्‍नपानी दिएर पचास-पचास गरी दुई ओड़ारमा लुकाइराखेका थिए।)

व्यवस्था 22 : 5
5 पुरुषले लाउने लुगा स्‍त्रीले लाउनुहुँदैन, र स्‍त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।

२ राजाहरू 9 : 22
22 जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्‍त्रतन्‍त्र रहँदा केको मित्रभाव?”

प्रकाश 22 : 15
15 बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।

१ राजाहरू 16 : 31
31 नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्‌न तिनको निम्‍ति कम भएजस्‍तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्‍यसलाई पुज्‍न लागे।

प्रकाश 9 : 21
21 तिनीहरूले आफूले गरेको हत्‍या, जादूगरी, व्‍यभिचार र चोरीको पश्‍चात्ताप गरेनन्‌।

१ राजाहरू 21 : 5 – 16
5 तिनकी पत्‍नी ईजेबेल तिनीकहाँ आएर तिनलाई सोधिन्, “तपाईं किन यसरी ठुस्‍किनु भएको? तपाईं किन केही खानुहुन्‍न?”
6 तिनले ईजेबेललाई भने, “मैले यिजरेली नाबोतलाई भने, ‘तिम्रो दाखबारी मलाई बेच, अथवा तिमीलाई मन लागे त्‍यसको सट्टामा अर्को दाखबारी म तिमीलाई दिनेछु’। तर त्‍यसले भन्‍यो, ‘म तपाईंलाई मेरो दाखबारी दिनेछैनँ’।”
7 तिनकी पत्‍नी ईजेबेलले भनिन्, “इस्राएलमाथि राजा हुने तपाईं यसरी काम गर्नुहुन्‍छ? उठेर खानपान गर्नुहोस्‌। खुशी हुनुहोस्‌। यिजरेली नाबोतको दाखबारी म तपाईंलाई दिनेछु।”
8 तब ईजेबेलले आहाबको नाउँमा चिट्ठीहरू लेखिन्, त्‍यसमा राजाको मोहोर लगाइन्, र नाबोतको सहरमा तिनीसँग बस्‍ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्‌।
9 यी चिट्ठीहरूमा तिनले यसो भनेर लेखिन्‌: “उपवासको एक दिन घोषणा गर, र नाबोतलाई मानिसहरूका बीचमा इज्‍जतको स्‍थानमा बसाओ।
10 तर दुई जना नीच मानिसलाई त्‍यसको विपरीत बसाएर त्‍यसले परमेश्‍वर र राजालाई सरापेको छ भनी प्रमाण गर्न लाओ। त्‍यसपछि त्‍यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार।”
11 तब ईजेबेलले तिनीहरूलाई लेखेका चिट्ठीहरूमा आदेश दिएबमोजिम नाबोतको सहरमा बस्‍ने धर्म-गुरुहरू र भारदारहरूले गरे।
12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूका बीचमा इज्‍जतको स्‍थानमा बसाले।
13 तब ती दुई नीच मानिस आएर तिनको विपरीत बसे, र परमेश्‍वर र राजालाई तिनले सरापेका छन्‌ भनी मानिसहरूका सामुन्‍ने तिनलाई खुल्‍लमखुल्‍ला अभियोग लाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।
14 तब तिनीहरूले ईजेबेललाई यो खबर पठाइदिए, “नाबोत ढुङ्गाले हानेर मारियो।”
15 नाबोत ढुङ्गाले हानेर मारिए भन्‍ने कुरा ईजेबेलले सुन्‍ने बित्तिकै तिनले आहाबलाई भनिन्, “उठेर यिजरेली नाबोतले तपाईंलाई बेच्‍न इन्‍कार गरेको दाखबारी दखल गर्नुहोस्‌। त्‍यो अब जीवित छैन, तर मर्‍यो।”
16 नाबोत मर्‍यो भनी जब आहाबले सुने तब तिनी उठेर नाबोतको दाखबारी दखल गर्न गए।

प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।

२ राजाहरू 9 : 30
30 तब येहू यिजरेलमा गए। जे भएको थियो सो ईजेबेलले जब सुनिन्, तब तिनले आफ्‍ना आँखामा गाजल लाइन्, र कपाल बाटेर एउटा झ्‍यालबाट बाहिर हेरिन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *