यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Decalogue
प्रस्थान 24 : 12
12 अनि परमप्रभुले मोशालाई भन्नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”
प्रस्थान 31 : 18
18 परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि, उहाँका आफ्ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।
प्रस्थान 32 : 16
16 ती पाटीहरू परमेश्वरका काम थिए। तिनका लेखोट परमेश्वरद्वारा खोपेर लेखिएका थिए।
व्यवस्था 5 : 22
22 यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्नुभयो। उहाँले थप केही भन्नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।
व्यवस्था 9 : 10
10 अनि परमप्रभुले परमेश्वरका हातले लेख्नुभएका दुई वटा शिला-पाटी मलाई सुम्पनुभयो। पर्वतमाथि अग्निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए।
होशे 8 : 12
12 मैले तिनीहरूका निम्ति धेरै विधिहरू मेरो व्यवस्थामा लेखें, तर तिनीहरूले तिनलाई पराई थोकजस्तै ठाने।
प्रस्थान 20 : 1
1 अनि यी सब कुरा परमेश्वरले भन्नुभयो:
प्रस्थान 34 : 28
28 मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे।
व्यवस्था 5 : 22
22 यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्नुभयो। उहाँले थप केही भन्नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।
प्रस्थान 34 : 28
28 मोशा त्यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात रहे। तिनले न त रोटी खाए न पानी पिए। तिनले ती शिला-पाटीहरूमा त्यस करारका वचन, अर्थात् ती दश आज्ञाहरू लेखे।
व्यवस्था 4 : 13
13 उहाँले आफ्नो करार, आफ्ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।
प्रस्थान 31 : 18
18 परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि, उहाँका आफ्ना औँलाले लेखेका दुई शिला-पाटीहरू उहाँले तिनलाई दिनुभयो।
प्रस्थान 34 : 29
29 जब मोशा गवाहीका ती दुई शिला-पाटी आफ्ना हातमा लिएर सीनै पर्वतबाट ओर्लेर आए, तब परमेश्वर तिनीसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने कुरो मोशालाई थाहा थिएन।
प्रस्थान 20 : 17
17 “आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।”
व्यवस्था 5 : 21
21 “आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नू।”
मत्ती 19 : 19
19 आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”
मत्ती 22 : 40
40 सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”
लूका 10 : 28
28 उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्यसै गर, र तिमी जिउनेछौ।”
रोमी 13 : 10
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
Leave a Reply