यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् deaconness
रोमी 16 : 1
1 किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु।
रोमी 16 : 1 – 2
1 किंक्रियामा भएको मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु।
2 म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्।
रोमी 16 : 2
2 म तिमीहरूलाई निवेदन गर्दछु कि सन्तहरूलाई सुहाउने किसिमले तिनलाई प्रभुमा ग्रहण गर, र तिनलाई चाहिएको कुनै पनि सहायता तिनलाई देओ, किनकि तिनी आफैले धेरैको र मेरो पनि सहायता गरेकी छिन्।
रोमी 16 : 3
3 प्रिस्का र अकिलास, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन।
प्रेरित 18 : 26
26 तिनी सभाघरमा साहसपूर्वक बोल्न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अकिलासले तिनलाई आफ्नो घरमा ल्याए, र परमेश्वरका मार्गको अर्थ झन् प्रष्टसँग बुझाइदिए।
१ तिमोथी 3 : 12
12 डिकन एउटै पत्नीका पति होऊन्। आफ्ना छोरा-छोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने होऊन्।
१ तिमोथी 5 : 10
10 साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।
१ तिमोथी 3 : 11
11 स्त्रीहरू पनि यहीबमोजिम गम्भीर, अर्काको बदख्वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ।
१ तिमोथी 2 : 11 – 12
11 स्त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्।
12 तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्।
१ तिमोथी 2 : 12
12 तर स्त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्नँ, तर तिनी चूपचापै रहून्।
योएल 2 : 28
28 “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्।
१ तिमोथी 3 : 2
2 यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्,
लूका 8 : 1 – 3
1 त्यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।
2 कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,
3 हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे।
१ कोरिन्थी 11 : 5
5 तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो।
न्यायकर्ताहरू 4 : 4 – 5
4 त्यस बेला लप्पीदोतकी पत्नी दबोरा न्यायकर्ता [1] थिइन्। तिनी एक अगमवादिनी थिइन्।
5 तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्साफको निम्ति आउँथे।
तीतस 2 : 3
3 यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्।
Leave a Reply