Apothecary

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Apothecary

प्रस्‍थान 30 : 25
25 अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात्‌ बास्‍ना दिने सुगन्‍धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्‍यो पवित्र तेल होस्‌।

प्रस्‍थान 30 : 35
35 त्‍यसको सुगन्‍धित, मिश्रित धूप अत्तर बनाउनेले जस्‍तै गरी बनाउनू। त्‍यो नून मिसिएको शुद्ध र पवित्र होस्‌।

प्रस्‍थान 37 : 29
29 तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले जस्‍तै सुगन्‍धित शुद्ध धूप बनाए।

२ इतिहास 16 : 14
14 तिनी त्‍यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति बनाएका थिए। त्‍यसमा निपुणतासाथ मिसाएर बनाएका सबै किसिमका मसला मिलाइएका थिए। अनि मानिसहरूले तिनको सम्‍झनामा एउटा ठूलो आगो बाले।

नहेम्‍याह 3 : 8
8 सुनार हरयाहका छोरा उज्‍जीएलले अर्को भाग मरम्‍मत गरे। त्‍यसका छेउको भाग अत्तर बनाउने हनन्‍याहले मरम्‍मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्‍मै यरूशलेमको पुनर्निर्माण गरे।

उपदेशक 10 : 1
1 जसरी मरेका झीँगाहरूले सुगिन्‍धत अत्तरलाई दुर्गन्‍धित तुल्‍याइदिन्‍छन्, त्‍यसरी नै थोरै मूर्खताले बुद्धि र सम्‍मानलाई बेकामको बनाइदिन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *