यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Amoz
२ राजाहरू 19 : 2
2 तिनले राजमहलका सञ्चालक एल्याकीम, सचिव शेब्ना र मुख्य-मुख्य पूजाहारीहरूलाई सबैले भाङ्ग्रा लाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए।
२ राजाहरू 19 : 20
20 तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ एउटा समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अश्शूरका राजा सनहेरीबको विषयमा तैंले मलाई चढ़ाएको प्रार्थना मैले सुनें।
२ राजाहरू 20 : 1
1 ती दिनमा हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्नुहुन्छ: तेरो घरलाई ठीकठाक पार्, किनभने तँ मर्नेछस्। तँ निको हुनेछैनस्।”
यशैया 1 : 1
1 यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।
यशैया 13 : 1
1 बेबिलोनको विषयमा आमोजका छोरा यशैयाले दर्शनमा पाएको ईश्वरवाणी:
Leave a Reply