यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ६६६
प्रकाश 13 : 18
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?”
5 त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्नो मुख खोल्यो।
7 अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।
8 र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
9 जसको कान छ त्यसले सुनोस्—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ।
11 अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो।
12 त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो।
14 पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।
15 त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्।
16 अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
प्रकाश 13 : 16 – 18
16 अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
प्रकाश 14 : 1 – 20
1 अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।
2 अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो।
3 सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो।
4 तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए।
5 तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्।
6 अनि अर्को स्वर्गदूतलाई मध्य आकाशमा उड़िरहेका मैले देखें। पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो।
7 तिनले चर्को सोरमा भने, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।”
8 अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।”
9 त्यसपछि तेस्रा स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने,
10 त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
11 तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन्, र त्यसका नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।”
12 परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ।
13 अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”
14 अनि मैले हेरें, र एउटा सेतो बादल र त्यसमाथि बस्नुभएको मानिसको पुत्रजस्तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।
15 अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए, र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।”
16 यसरी बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, अनि पृथ्वीको कटनी भयो।
17 अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो।
18 तब वेदीबाट अर्को स्वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्वीका अंगूरका झुप्पाहरू जम्मा गर, किनकि पृथ्वीका अंगूर पूरै पाकिसकेका छन्।”
19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका अंगूरको फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए।
20 सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो।
२ इतिहास 9 : 13
13 सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो।
एज्रा 6 : 1 – 22
1 तब राजा दाराले यो हुकुम गरे, र बेबिलोनको ढुकुटीमा राखिएको अभिलेखालयमा खोजतलाश गरियो।
2 मादी प्रान्तको एक्बातनाको किल्लामा एउटा मुट्ठो भेट्टाइयो, र त्यसमा यो स्मृति-पत्र लेखिएको थियो:
3 “कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्वरको मन्दिरबारे यो उर्दी निकाल्नुभयो: ‘त्यो मन्दिर बलिदान चढ़ाउनका निम्ति पुनर्निर्माण गरिओस् र त्यसका जगहरू बसालिऊन्। त्यसको उचाइ सत्ताईस मिटर र चौड़ाइ सत्ताईस मिटरको,
4 र ठूला-ठूला ढुङ्गाका तीन लहर र काठको एक लहर होस्। त्यसको खर्चचाहिँ राजकीय कोषबाट दिइनुपर्छ।
5 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट निकालेर बेबिलोनमा ल्याएका परमेश्वरको भवनका सुन र चाँदीका भाँड़ाहरू पनि फेरि यरूशलेमको मन्दिरमा राखिदिनुपर्छ। ती सबै फर्काई परमेश्वरको भवनमा आ-आफ्ना स्थानमा राखिदिनुपर्दछ’।
6 “यसैले अब यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिमीहरू, त्यस प्रान्तका उनीहरूका सङ्गी-अधिकारीहरू त्यहाँबाट अलग्गै बस्नू।
7 तिमीहरूले परमेश्वरका मन्दिरको काममा बाधा नदिनू। तिमीहरूले यहूदीहरूका राज्यपाल र तिनीहरूका धर्म-गुरुहरूलाई परमेश्वरको भवन पुनर्निर्माण गर्न छोड़िदिनू। तिनीहरूले त्यो त्यसको पहिलेकै स्थानमा बनाऊन्।
8 “परमेश्वरको त्यो भवन पुनर्निर्माण गरिओस् भनी तिमीहरूले ती यहूदी धर्म-गुरुहरूका निम्ति के गर्नुपर्छ सो पनि म तिमीहरूलाई हुकुम गर्दैछु। त्यो काम नरोकिओस् भनेर यूफ्रेटिस पारिको प्रान्तमा उठेको करबाट, राजकीय कोषबाट तिनीहरूको खर्च भर्नू।
9 अनि तिनीहरूलाई चाहिएका जेसुकै कुरा तिमीहरूले दिनहुँ नबिराईकन दिनू, अर्थात् स्वर्गका परमेश्वरलाई चढ़ाउने होमबलिका निम्ति बाछाहरू, भेड़ाहरू अथवा थुमाहरू, अथवा गहूँ, नून, दाखमद्य, तेल, जस्तो यरूशलेमका पूजाहारीहरूले माग्छन् ती दिनू,
10 कि तिनीहरूले स्वर्गका परमेश्वरलाई मन पर्ने बलिदान चढ़ाऊन् र राजा र तिनका छोराहरूको दीर्घायुको निम्ति तिनीहरूले प्रार्थना गरिदेऊन्।
11 “त्यसबाहेक, म यस्तो हुकुम दिँदैछु कि जसले यस उर्दीलाई परिवर्तन गर्ला त्यसको घरबाट एउटा खम्बा उखेलेर त्यसलाई त्यही खम्बामा उनिनेछ। यस अपराधको कारण त्यसको घर टुक्राटाक्री भई ढुङ्गाको थुप्रो होस्।
12 आफ्नो नाउँको निम्ति त्यस स्थानलाई आफ्नो वासस्थान बनाउनुहुने परमेश्वरले यस उर्दीलाई परिवर्तन गर्ने वा यरूशलेममा परमेश्वरको त्यस भवनलाई नष्ट गर्न आँट गर्ने कुनै पनि राजा वा मानिसलाई विध्वंस गरून्। म, दारा राजाले यो उर्दी निकालेको हुँ। त्यो अक्षरश: पूरा गरिओस्।”
13 तब दारा राजाले उनीहरूलाई दिएको आदेश यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरूले अक्षरश: पालन गरे।
14 फलस्वरूप यहूदी धर्म-गुरुहरू पुनर्निर्माण काममा लागिरहे, र हाग्गै अगमवक्ता र इद्दोको वंशका जकरियाको अगमवाणीद्वारा तिनीहरूको उन्नति बढ्दैगयो। इस्राएलका परमेश्वरको आज्ञाअनुसार र फारसका राजाहरू कोरेस, दारा र अर्तासास्तका उर्दीअनुसार तिनीहरूले मन्दिरको पुनर्निर्माण गरेर काम सिद्ध्याए
15 दारा राजाको छैटौँ वर्षको अदार महिनाको तेस्रो दिनमा मन्दिरको काम सम्पन्न भयो।
16 त्यसपछि इस्राएलका जनता, अर्थात् पूजाहारीहरू, लेवीहरू र निर्वासनबाट फर्केर आएका अरू सबैले ठूलो रमाहटसाथ परमेश्वरका भवनको समर्पण-सेवा मनाए।
17 परमेश्वरको यस भवनको समर्पण-सेवामा तिनीहरूले एक सय साँढ़े, दुई सय भेड़ा, चार सय थुमा, अनि सबै इस्राएलका पापबलिको निम्ति इस्राएलको प्रत्येक कुलको लागि एक-एक गरी बाह्र वटा बोका चढ़ाए।
18 तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम पूजाहारीहरूलाई तिनीहरूका शाखाअनुसार र लेवीहरूलाई तिनीहरूका समूहअनुसार यरूशलेममा परमेश्वरको सेवा गर्न पुनर्स्थापन गरे।
19 पहिलो महिनाको चौधौँ दिनमा कैदबाट फर्केर आएकाहरूले निस्तार-चाड़ मनाए।
20 पूजाहारीहरू र लेवीहरू सबैले आफू-आफूलाई पवित्र गरेका थिए। तिनीहरू सबै विधिपूर्वक शुद्ध भए। अनि लेवीहरूले निर्वासनबाट आएका सबैका निम्ति र आ-आफ्ना पूजाहारी-भाइहरूका निम्ति र आफ्नै निम्ति निस्तार-चाड़को थुमा मारे।
21 निर्वासनबाट फर्केर आएका इस्राएलीहरू र अन्यजातिहरूको अशुद्धताबाट अलग रहेर परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्नेहरू सबैले त्यो सँगै मिलेर खाए।
22 तिनीहरूले रमाहटसाथ सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए, किनभने अश्शूरका राजाको मन बद्ली गरेर परमप्रभुले तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो। फलस्वरूप इस्राएलका परमेश्वरका भवनको काममा तिनीहरूलाई अश्शूरका राजाले सहयोग गरेका थिए।
प्रकाश 12 : 1 – 17
1 स्वर्गमा एउटा आश्चर्यजनक चिन्ह देखियो: सूर्य पहिरेकी एउटी स्त्री देखा परी, जसको पाउमुनि चन्द्रमा थियो, र त्यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।
2 त्यो गर्भवती थिई, र जन्माउने अवस्थाको पीडामा प्रसववेदनाले चिच्याइरहेकी थिई।
3 अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्यो।
4 त्यसको पुच्छरले स्वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्ने खड़ा थियो।
5 त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।
6 त्यो स्त्रीचाहिँ उजाड-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको लागि ठाउँ तयार राख्नुभएको थियो।
7 अनि स्वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे,
8 तर यिनीहरू हारे, र यिनीहरूका निम्ति स्वर्गमा कुनै ठाउँ रहेन।
9 त्यो ठूलो अजिङ्गर तल फालियो— त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।
10 तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।
11 तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
12 यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”
13 जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले छोरो जन्माउने त्यस स्त्रीलाई खेद्यो।
14 तर त्यस स्त्रीलाई त्यस सर्पको सम्मुखबाट उजाड-स्थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्यो उजाड-स्थान साढ़े तीन वर्षसम्म त्यस स्त्रीको पालनपोषणको निम्ति तयार गरिएको थियो।
15 त्यस स्त्रीलाई बाढ़ले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीजस्तै पानी निकाल्यो।
16 तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्यो, र अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निलिदियो।
17 तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन्।
प्रकाश 17 : 9
9 “बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे।
Leave a Reply