सिनेगोग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिनेगोग

प्रेरित 13 : 43
43 सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्‍दै उनीहरूलाई परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।

याकूब 2 : 2
2 यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,

लूका 12 : 11
11 “जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्‍याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्‍नुपर्ने, सो फिक्री नगर,

प्रेरित 9 : 2
2 र तिनले त्‍यस मार्गका पुरुष होस्‌ वा स्‍त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्‍याउन पाऊँ भनी दमस्‍कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।

मत्ती 10 : 17
17 तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्‍पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्‌।

मत्ती 23 : 34
34 यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान्‌ मानिसहरू र शास्‍त्रीहरू पठाउँछु। तिनीहरूमध्‍ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ, र कति जनालाई आफ्‍ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ।

प्रेरित 22 : 19
19 “मैले भनें, ‘हे प्रभु, मैले हरेक सभाघरमा गएर तपाईंमाथि विश्‍वास गर्नेहरूलाई झ्‍यालखानमा हालेको र कुटपिट गरेको यिनीहरू सबैलाई थाहै छ।

प्रेरित 26 : 11
11 अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्‍बार सजाय दिईकन तिनीहरूलाई विश्‍वास त्‍याग गराउने चेष्‍टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्‍मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ।

यूहन्‍ना 9 : 22
22 त्‍यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्‍ट भनी स्‍वीकार गर्‍यो भने, त्‍यसलाई सभाघरबाट निकाल्‍नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।

यूहन्‍ना 9 : 34
34 तिनीहरूले त्‍यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्‍मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्‍छस्‌?” अनि तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए।

यूहन्‍ना 12 : 42
42 तरै पनि शासकहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे, तर फरिसीहरूको डरले गर्दा, र तिनीहरूले सभाघरबाट निकालिदिन्‍छन्‌ भन्‍ने डरले त्‍यो स्‍वीकार गरेनन्‌।

यूहन्‍ना 16 : 2
2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्‌। वास्‍तवमा यस्‍तो समय आइरहेछ, जब तिमीहरूलाई हत्‍या गर्नेले परमेश्‍वरको सेवा गर्दैछु भनी ठान्‍नेछ।

नहेम्‍याह 8 : 8
8 तिनीहरूले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक राम्ररी पढ़ेर त्‍यसको अर्थ मानिसहरूले बुझ्‍न सक्‍ने गरी बुझाइदिए।

नहेम्‍याह 9 : 3
3 तिनीहरू आ-आफ्‍नो स्‍थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्‍ना पापको स्‍वीकार गर्दै परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्दैरहे।

नहेम्‍याह 9 : 5
5 अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्‍वर, जो अनन्‍तदेखि अनन्‍तसम्‍म हुनुहुन्‍छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्‍यको र सारा धन्‍य र प्रशंसामा सर्वोच्‍च होस्‌।

मत्ती 4 : 23
23 अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।

मत्ती 9 : 35
35 येशू समस्‍त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्‌नुभयो।

मत्ती 13 : 54
54 अनि आफ्‍नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्‍तो शिक्षा दिनुभयो, कि छक्‍क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्‍मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्‍त भयो?

मर्कूस 1 : 39
39 अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्‍दै उहाँ हिँड्‌नुभयो।

लूका 4 : 33
33 सभाघरमा अशुद्ध भूतात्‍मा लागेको एक जना मानिस थियो, र त्‍यो चर्को सोरले चिच्‍च्‍यायो,

लूका 13 : 10
10 एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *