सिनाई

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिनाई

प्रस्‍थान 16 : 1
1 इस्राएलीहरूका सारा समुदाय एलीमबाट यात्रा गरेर मिश्रबाट निस्‍केको दोस्रो महिनाको पन्‍ध्रौँ दिनमा, एलीम र सीनै पर्वतको बीचमा भएको सीनको उजाड़-स्‍थानमा आइपुगे।

प्रस्‍थान 19 : 2
2 जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्‍थानमा आए, त्‍यही पर्वतकै सामुन्‍ने इस्राएलीहरूले छाउनी बनाए।

व्यवस्था 1 : 2
2 (सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्‍म जान एघार दिन लाग्‍छ।)

प्रस्‍थान 19 : 25
25 यसैले मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा बताइदिए।

प्रस्‍थान 24 : 18
18 तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्‍ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे।

प्रस्‍थान 32 : 16
16 ती पाटीहरू परमेश्‍वरका काम थिए। तिनका लेखोट परमेश्‍वरद्वारा खोपेर लेखिएका थिए।

प्रस्‍थान 34 : 4
4 तब मोशाले पहिलेकै जस्‍तो ढुङ्गाका दुई वटा पाटी काटेर परमप्रभुले आज्ञा गर्नुभएझैँ बिहान सबेरै उठी सीनै पर्वतमा उक्‍ले। तिनले आफ्‍ना हातमा ती दुई वटा शिला-पाटी पनि लगे।

लेवीहरू 7 : 38
38 जो परमप्रभुले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो, जुन दिन सीनैको मरुभूमिमा परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका भेटी उहाँकहाँ ल्‍याउने आज्ञा गर्नुभएको थियो।

लेवीहरू 25 : 1
1 परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्‍नुभयो,

लेवीहरू 26 : 46
46 सीनै पर्वतमा आफू र इस्राएलीहरूका बीचमा परमप्रभुले मोशाद्वारा ठहराउनुभएका विधिविधान र नियमहरू यी नै हुन्‌।

लेवीहरू 27 : 34
34 परमप्रभुले इस्राएलीहरूका निम्‍ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्‌।

गन्ती 3 : 1
1 परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो।

व्यवस्था 4 : 15
15 होरेबमा अग्‍निको माझदेखि परमप्रभु बोल्‍नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ।

व्यवस्था 5 : 26
26 अग्‍निबाट जीवित परमेश्‍वर बोल्‍नुभएको सुनेर हामीझैँ बाँच्‍ने कुनचाहिँ मरणशील मानिस होला?

व्यवस्था 29 : 1
1 होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्‌।

व्यवस्था 33 : 2
2 तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्‍कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्‍ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।

नहेम्‍याह 9 : 13
13 “तपाईं सीनै पर्वतमाथि ओर्लनुभयो र स्‍वर्गबाट तिनीहरूसित कुरा गर्नुभयो। तपाईंले तिनीहरूलाई उचित र साँचो नियम तथा कानून र असल धर्म-विधिहरू तथा आज्ञाहरू दिनुभयो।

भजनसंग्रह 68 : 8
8 पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो, परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर।

भजनसंग्रह 68 : 17
17 परमेश्‍वरका रथहरू लाखौँ छन्‌, र हजारमाथि हजार। परमेश्‍वर सीनै पर्वतबाट आफ्‍नो पवित्रस्‍थानमा आउनुभएको छ।

मलाकी 4 : 4
4 “मेरो दास मोशाका व्‍यवस्‍थाको सम्‍झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्‍ति होरेब पर्वतमा मैले त्‍यसलाई दिएँ।

प्रेरित 7 : 30
30 “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्‍थानमा जलिरहेको पोथ्राको ज्‍वालामा एउटा स्‍वर्गदूत तिनीकहाँ देखा परे।

प्रेरित 7 : 38
38 यी तिनै मोशा हुन्, जो उजाड-स्‍थानमा भएको समुदायमा स्‍वर्गदूतसँग थिए, जुन स्‍वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्‍ति जीवित वाणीहरू पाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *