सिद्धान्तहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिद्धान्तहरू

यूहन्‍ना 7 : 17
17 यदि कुनै मानिसले परमेश्‍वरको इच्‍छा पालन गर्न चाहन्‍छ भने, मेरो शिक्षा परमेश्‍वरतर्फबाट हो, कि मेरो आफ्‍नै तर्फबाट हो सो उसले जान्‍नेछ।

प्रेरित 15 : 29
29 तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्‍यभिचारबाट अलग्‍ग रहनुहोस्‌। यी कुराहरूबाट अलग्‍ग रहनुभयो भने असल हुनेछ। बिदा।”

मत्ती 5 : 19
19 यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ।

मत्ती 15 : 9
9 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”

मत्ती 15 : 13
13 तर उहाँले भन्‍नुभयो, “स्‍वर्गमा हुनुहुने मेरा पिताले नरोप्‍नुभएको हरेक बोट उखेलिनेछ।

रोमी 16 : 18
18 किनभने यस्‍ताहरूले ख्रीष्‍ट हाम्रा प्रभुको निम्‍ति होइन, तर आफ्‍नै पेटको निम्‍ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्‍छन्‌।

१ कोरिन्थी 3 : 11
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।

१ कोरिन्थी 3 : 21
21 यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्‌। किनकि सबै थोक तिमीहरूकै हुन्,

१ कोरिन्थी 3 : 4
4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्‍लोसको” भन्‍छ भने, सांसारिक मानिसजस्‍ता भएनौ र?

१ कोरिन्थी 11 : 19
19 तिमीहरूमध्‍ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्‍यक नै छ।

२ कोरिन्थी 2 : 17
17 किनकि धेरै मानिसहरूसरह हामी परमेश्‍वरको वचन व्‍यापार गर्ने होइनौं, तर परमेश्‍वरले पठाउनुभएको निष्‍कपट मानिसको रूपमा हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोल्‍दछौं।

२ कोरिन्थी 11 : 4
4 किनकि यदि कुनै व्‍यक्ति आएर हामीले प्रचार गरेका भन्‍दा अर्कै येशूलाई प्रचार गर्‍यो भने, अथवा तिमीहरूले पाएका आत्‍माभन्‍दा अर्कै आत्‍मा तिमीहरूले ग्रहण गर्‍यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्‍दा अर्कै कुनै सुसमाचार ग्रहण गर्‍यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्‍दारहेछौ।

गलाती 1 : 8
8 हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्‍वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्‍यो व्‍यक्ति श्रापित होस्‌।

एफिसी 4 : 14
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं।

कलस्सी 2 : 4
4 म यो भन्‍दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्‌।

कलस्सी 2 : 8
8 ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

कलस्सी 2 : 23
23 उपासनालाई कष्‍टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्‍वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्‍याउन यी कुराहरू कुनै मूल्‍यका हुँदैनन्‌।

१ तिमोथी 1 : 4
4 र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्‍त्‍य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्‍वासमा रहेको ईश्‍वरीय तालीमतिर लागून्‌।

१ तिमोथी 1 : 7
7 तिनीहरू व्‍यवस्‍थाका शिक्षक हुने इच्‍छा गर्छन्, तर आफैले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेका कुरा तिनीहरू आफै बुझ्‍दैनन्‌।

१ तिमोथी 1 : 19
19 विश्‍वास र स्‍वच्‍छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्‍कार गरेर आफ्‍नो विश्‍वासको जहाज डुबाएका छन्‌।

१ तिमोथी 4 : 3
3 तिनीहरू विवाह निषेध गर्छन्‌। विश्‍वास गर्नेहरू र सत्‍य जान्‍नेहरूले धन्‍यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्‍वरले सृजनुभएका भोजनहरूबाट अलग्‍ग बस्‍ने आदेश दिन्‍छन्‌।

१ तिमोथी 4 : 7
7 भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।

१ तिमोथी 6 : 5
5 र बुद्धि भ्रष्‍ट भएका र सत्‍यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्‍छन्‌।

१ तिमोथी 6 : 21
21 यी कुराहरूका पछि लागेर कति जना आफ्‍नो विश्‍वासको लक्ष्यबाट चुकेर गएका छन्‌। तिमीसँग अनुग्रह रहोस्‌।

२ तिमोथी 2 : 14
14 यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ।

२ तिमोथी 2 : 18
18 पुनरुत्‍थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्‍यबाट तर्किएका छन्‌। कति जनाको विश्‍वासलाई यिनीहरूले खलबल्‍याइरहेका छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *