सिकर्मी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिकर्मी

उत्‍पत्ति 6 : 16
16 जहाजमा उज्‍यालो आओस्‌ भनेर त्‍यो मास्‍तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्‍यसको एकापट्टि राख्‍नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्‍यो बनाउनू।

२ शमूएल 5 : 11
11 टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्‍ति एउटा महल बनाए।

२ राजाहरू 12 : 11
11 तिनीहरूले रुपियाँपैसाको हिसाब लगाएपछि परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूमाथि नियुक्त भएका मानिसहरूलाई त्‍यो रुपियाँपैसा दिन्‍थे। त्‍यसैबाट तिनीहरूले मन्‍दिरका निर्माणको काम गर्नेहरूलाई दिन्‍थे,

यशैया 41 : 7
7 निपुण कारीगरले सुनारलाई साहस दिन्‍छ र लिहीमाथि चुट्‌नेलाई घनले सम्‍म्‍याउनेले प्रोत्‍साहन दिन्‍छ। त्‍यसले रसायनको विषयमा भन्‍छ, “यो असलै छ,” र त्‍यो नहल्‍लिओस्‌ भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।

यशैया 44 : 13
13 सिकर्मीले सूत तानेर सीसाकलमले चिन्‍ह लाउँछ। त्‍यसले रामोले चिल्‍लो पारेर त्‍यसको आकार निकाल्‍छ, र परकालले त्‍यसमा चिन्‍ह लगाएर पूजा कोठामा राख्‍नलाई मानिसको सबै सुन्‍दरताको रूपमा त्‍यसको आकार निकाल्‍छ।

यर्मिया 24 : 1
1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्‍दिरको सामुन्‍ने अञ्‍जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो।

जकरिया 1 : 20
20 तब परमप्रभुले मलाई चार कारीगरहरू देखाउनुभयो।

मत्ती 13 : 55
55 के यिनी सिकर्मीका छोरा होइनन्‌? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्‌?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *