यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साहस
व्यवस्था 31 : 8
8 परमप्रभु आफै तिम्रो अगि जानुहुन्छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ। नडराऊ, निरुत्साह नहोऊ।”
व्यवस्था 31 : 23
23 परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्याउनेछस्, र म आफै तँसँग हुनेछु।”
यहोशू 1 : 9
9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
लेवीहरू 26 : 8
8 तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्।
२ इतिहास 32 : 8
8 उनीहरूसित शारीरिक शक्ति मात्र छ, तर परमप्रभु हाम्रा परमेश्वर हामीलाई सहायता गर्न र हाम्रा निम्ति युद्ध गर्न हामीसित हुनुहुन्छ।” यहूदाका राजा हिजकियाको वचनले गर्दा मानिसहरूको हौसला बढ़्यो।
१ इतिहास 22 : 13
13 इस्राएलको निम्ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस् भने तेरो उन्नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्साहित नहो।
१ इतिहास 28 : 20
20 दाऊदले आफ्ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्वर, मेरा परमेश्वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्जेल उहाँले न त तिमीलाई निराश तुल्याउनुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ।
२ इतिहास 15 : 7
7 तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”
२ इतिहास 19 : 11
11 “परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।”
हितोपदेश 28 : 1
1 कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्।
इजकिएल 2 : 6
6 अनि तँचाहिँ हे मानिसको छोरो, तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा चारैतिर सिउँड़ी र काँढ़ा भए, अथवा तँ बिच्छीहरूका बीचमा बसे तापनि तँ नडरा। तिनीहरूले जे भने पनि नडरा, अथवा तिनीहरूदेखि भयभीत नहो, यद्यपि तिनीहरू त बागी सन्तान हुन्।
इजकिएल 3 : 9
9 म तेरो निधार चकमकभन्दा कड़ा पत्थरतुल्य पारिदिनेछु। तिनीहरू बागी घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो।”
१ कोरिन्थी 16 : 13
13 सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन।
फिलिप्पी 1 : 28
28 र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्वरबाट हो।
२ तिमोथी 1 : 7
7 किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।
उत्पत्ति 12 : 9
9 अनि अब्राम अझै यात्रा गर्दै नेगेव भनिने दक्षिण देशतिर गए।
उत्पत्ति 22 : 14
14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।
न्यायकर्ताहरू 6 : 31
31 तर योआशले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने, “तपाईंहरू बाल देवताको पक्षमा कराउनुभएको? बाललाई बचाउने हामीहरूको काम हो भनी तपाईंहरू सम्झनुहुन्छ? त्यसको पक्षमा कराउने बिहानसम्ममा मारिनेछ। यदि बालचाहिँ देवता नै हो रहेछ र त्यसको वेदी कसैले भत्काइदिएको हो भने, त्यो आफ्नो लागि आफै बोलोस्।”
Leave a Reply