सारा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सारा

उत्‍पत्ति 11 : 31
31 तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे।

उत्‍पत्ति 12 : 5
5 अब्राम, तिनकी पत्‍नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्‍मा गरेका सबै धन-सम्‍पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्‍के, अनि त्‍यहाँ पुगे।

उत्‍पत्ति 12 : 20
20 अनि फारोले आफ्‍ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए।

उत्‍पत्ति 20 : 12
12 यो कुरो सत्‍य पनि हो कि तिनी मेरी बहिनी हुन्‌। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्‌। र तिनी मेरी पत्‍नी भइन्‌।

उत्‍पत्ति 20 : 14
14 तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्‍याएर अब्राहामलाई दिए, र तिनकी पत्‍नी सारालाई पनि फिर्ता गरिदिए।

उत्‍पत्ति 16 : 3
3 अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌।

उत्‍पत्ति 16 : 6
6 तर अब्रामले साराईलाई भने, “हेर, तिम्री कमारी तिम्रै हातमा छे। त्‍यसलाई जे गर्न मन लाग्‍छ त्‍यही गर।” तब साराईले त्‍यससित कठोर व्‍यवहार गर्न लागिन्, र त्‍यो तिनको सामुन्‍नेबाट भागेर गई।

उत्‍पत्ति 21 : 14
14 अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्‍यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्‍थान हुँदो डुल्‍न लागी।

उत्‍पत्ति 17 : 21
21 तर मेरो करार त म इसहाकसँगै स्‍थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्‍माउनेछे।”

उत्‍पत्ति 18 : 15
15 तर साराले यसो भन्‍दै इन्‍कार गरिन्, “म हाँस्‍दै हाँसिनँ।” किनभने तिनी डराइन्‌। तर उहाँले भन्‍नुभयो, “तँ हाँसेकै होस्‌।”

उत्‍पत्ति 17 : 15
15 फेरि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनू, तर त्‍यसको नाउँ सारा हुनेछ।

उत्‍पत्ति 21 : 3
3 साराले तिनीबाट जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्राहामले इसहाक राखे।

उत्‍पत्ति 21 : 8
8 बालक बढ्‌दैगयो, र त्‍यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *