सान्त्वना दिने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सान्त्वना दिने

यूहन्‍ना 14 : 26
26 तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।

यूहन्‍ना 15 : 26
26 “जब सल्‍लाहकार आउनुहुन्‍छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात्‌ सत्‍यका आत्‍मा, जो पिताबाट आउनुहुन्‍छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।

यूहन्‍ना 16 : 13
13 जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।

१ कोरिन्थी 2 : 9 – 13
9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।”
10 परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ।
11 मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन।
12 अब हामीले संसारको आत्‍मा पाएका छैनौं, तर परमेश्‍वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्‍न सकौं भनेर उहाँबाट पवित्र आत्‍मा पाएका छौं।
13 जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।

२ कोरिन्थी 3 : 17
17 अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ।

यूहन्‍ना 14 : 17
17 यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।

यूहन्‍ना 16 : 7
7 तापनि म तिमीहरूलाई सत्‍य कुरा भन्‍दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।

यूहन्‍ना 16 : 12 – 13
12 “मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ।
13 जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।

मत्ती 10 : 20
20 किनभने बोल्‍ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्‍मा तिमीहरूद्वारा बोल्‍नुहुनेछ।

रोमी 8 : 1 – 39
1 यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन।
2 पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ।
3 पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो,
4 यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।
5 किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌।
6 किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो।
7 किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ।
8 पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।
9 यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन।
10 यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भने, पापको कारणले तिमीहरूका शरीर मरेका भए तापनि तिमीहरूका आत्‍मा धार्मिकताको कारणले जिउँदा हुन्‍छन्‌।
11 तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, ख्रीष्‍ट येशूलाई मरेकाबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्‍माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।
12 यसैले त भाइ हो, पापमय स्‍वभावअनुसार जिउनलाई हामी पापमय स्‍वभावप्रति बाध्‍य छैनौं।
13 किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ।
14 किनभने सबै, जो परमेश्‍वरका आत्‍माले डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तान हुन्‌।
15 किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,
16 त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो।
17 र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।
19 सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।
20 सृष्‍टि व्‍यर्थताको वशमा पारियो, त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा,
21 कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।
22 हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।
23 सृष्‍टि मात्र होइन, तर हामी आफै पनि, जसमा पवित्र आत्‍माको पहिलो फल छ, सन्‍तानको रूपमा ग्रहण गरिनलाई, अर्थात्‌ हाम्रो देहको उद्धारको निम्‍ति प्रतीक्षा गरेर हामी आफै पनि भित्र-भित्रै आर्तनाद गर्दछौं।
24 किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?
25 तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने, धैर्यसाथ हामी त्‍यसको प्रतीक्षा गर्छौं।
26 त्‍यसै गरी पवित्र आत्‍माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्‍छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्‍दैनौं, तर शब्‍दहरूमा व्‍यक्‍त गर्न नसकिने सुस्‍केरामा पवित्र आत्‍माले हाम्रा निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।
27 र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्‍माको विचार के हो सो जान्‍नुहुन्‍छ, किनकि परमेश्‍वरको इच्‍छाअनुसार पवित्र आत्‍माले सन्‍तहरूका निम्‍ति मध्‍यस्‍थता गर्नुहुन्‍छ।
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
30 जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।
31 हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?
32 जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्‍ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?
33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्‍छ भने,
34 दण्‍डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्‍ट येशू, हुनुहुन्‍छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मध्‍यस्‍थ पनि गर्नुहुन्‍छ।
35 कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?
36 यस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।
38 किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।

फिलिप्पी 1 : 19
19 हो, म रमाउनेछु। किनकि म जान्‍दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टका आत्‍माको सहायताले यो मेरो छुटकाराको निम्‍ति हुन आउनेछ।

यूहन्‍ना 14 : 16
16 र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।

यूहन्‍ना 4 : 24
24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”

गलाती 4 : 6
6 तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *