यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साथी बनाउन
१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।
हितोपदेश 18 : 24
24 धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्दा नजिक टाँसिन्छ।
हितोपदेश 17 : 17
17 एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ।
हितोपदेश 27 : 17
17 फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।
हितोपदेश 27 : 10
10 आफ्नै मित्र र आफ्ना बुबाको मित्रलाई नत्याग्, र तँलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढ़ाको दाजुभाइभन्दा बेस हो।
यूहन्ना 15 : 13
13 आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
हितोपदेश 22 : 24
24 गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्,
हितोपदेश 27 : 6
6 मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्।
प्रस्थान 23 : 2
2 खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्साफ नबिगार।
Leave a Reply