साथीहरूको दबाब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साथीहरूको दबाब

हितोपदेश 13 : 20
20 बुद्धिमान्‌सँग हिँड्‌ने बुद्धिमान्‌ नै बन्‍छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्‍सानी भोग्‍छ।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

१ कोरिन्थी 15 : 33 – 34
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।
34 होशमा होओ, अब उप्रान्‍त पाप नगर। किनकि कतिलाई त परमेश्‍वरको ज्ञानै छैन। तिमीहरूलाई लज्‍जित तुल्‍याउनलाई मैले यो भनेको हुँ।

गलाती 1 : 10
10 के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

हितोपदेश 1 : 10
10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।

मत्ती 16 : 26
26 सारा जगत्‌ प्राप्‍त गरेर पनि आफ्‍नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?

प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

याकूब 1 : 12 – 15
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

मर्कूस 15 : 15
15 तब पिलातसले भीड़लाई सन्‍तुष्‍ट पार्ने इच्‍छाले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्‍न सुम्‍पिदिए।

१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।

भजनसंग्रह 1 : 1 – 2
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।

२ थेसलोनिकी 2 : 15
15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।

रोमी 14 : 1 – 23
1 विश्‍वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2 कसैले सबै थोक खान हुन्‍छ भनी विश्‍वास गर्छ, तर विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ।
3 खानेले नखाने मानिसलाई तुच्‍छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्‌। किनभने परमेश्‍वरले त्‍यसलाई ग्रहण गर्नुभएको छ।
4 अर्काको चाकरलाई इन्‍साफ गर्ने तिमी को हौ? त्‍यो त आफ्‍नै मालिकको सामु खड़ा हुन्‍छ वा पतित हुन्‍छ। त्‍यो खड़ा गराइनेछ, किनभने, त्‍यसका मालिकले त्‍यसलाई खड़ा गराउन सक्‍छ।
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्‍दा बढ़ी महत्त्वको मान्‍छ, अर्को मानिसले सबै दिनलाई समान ठान्‍छ। हरेक मानिस आफ्‍नै मनमा पूर्ण रूपले निश्‍चित हुनुपर्छ।
6 जुन व्‍यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्‍यसले प्रभुको आदरको निम्‍ति पालन गर्छ। जुन व्‍यक्तिले खान्‍छ, त्‍यसले प्रभुको निम्‍ति खान्‍छ, किनकि त्‍यसले परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ। जुन व्‍यक्तिले खाँदैन, त्‍यसले परमेश्‍वरको आदरको निम्‍ति खाँदैन र परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ।
7 हामी कोही पनि आफ्‍नै निम्‍ति बाँच्‍दैनौं र कोही पनि आफ्‍नै निम्‍ति मर्दैनौं।
8 यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं।
9 चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्‌।
10 तिमी किन आफ्‍नो भाइको इन्‍साफ गर्छौ? अथवा तिमी आफ्‍नो भाइलाई किन तुच्‍छ ठान्‍छौ? किनभने हामी सबै परमेश्‍वरका न्‍याय-आसनको सामने खड़ा हुनेछौं।
11 किनकि लेखिएको छ, “प्रभु भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, प्रत्‍येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरको प्रशंसा गर्नेछ’।”
12 यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्‍नो लेखा दिनेछौं।
13 यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्‍साफ नगरौं। बरु आफ्‍नो भाइको बाटोमा ठेस लाग्‍ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्‍यै नराख्‍ने अठोट गरौं।
14 म जान्‍दछु, र प्रभु येशूमा मलाई निश्‍चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्‍यो अशुद्ध ठान्‍छ, त्‍यसको निम्‍ति त्‍यो अशुद्धै हुन्‍छ।
15 यदि तिमीले जे खान्‍छौ त्‍यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्‍ति ख्रीष्‍ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्‌।
16 यसैकारण तिमीलाई जे असल लाग्‍छ त्‍यसलाई अरूले खराब भन्‍न नदेओ।
17 किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।
18 जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ।
19 यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ।
20 खानेकुराको खातिर परमेश्‍वरको कामलाई नष्‍ट नगर। वास्‍तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
21 उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ।
22 तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
23 तर कसैले शङ्का गरेर केही खायो भने त्‍यो दोषी ठहर्छ, किनकि उसले विश्‍वाससाथ खाएको छैन। विश्‍वासबाट उत्‍पन्‍न नभएको कुनै पनि कुरा पाप हो।

रोमी 8 : 28 – 30
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।
29 जस-जसलाई उहाँले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान बनाउनलाई, धेरै भाइहरूमध्‍ये उहाँचाहिँ ज्‍येष्‍ठ होऊन्‌ भनेर, अघिबाटै नियुक्त गर्नुभयो।
30 जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो।

हितोपदेश 4 : 14 – 15
14 दुष्‍टको मार्गमा खुट्टा नहाल्‌ अथवा दुष्‍ट मानिसको चालमा नहिँड्‌।
15 त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌।

१ कोरिन्थी 1 : 10
10 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ।

हितोपदेश 29 : 25
25 मान्‍छेको डर एउटा पासोजस्‍तै हो, तर परमप्रभुमा भरोसा राख्‍ने मानिस सुरक्षित रहन्‍छ।

१ कोरिन्थी 11 : 1 – 34
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।
3 तर तिमीहरूले यो बुझ भन्‍ने म चाहन्‍छु, कि हरेक मानिसको शिर ख्रीष्‍ट हुनुहुन्‍छ, स्‍त्रीको शिर तिनको पति हो, अनि ख्रीष्‍टको शिर परमेश्‍वर हुनुहुन्‍छ।
4 प्रार्थना गर्दा वा अगमवाणी बोल्‍दा आफ्‍नो शिर ढाक्‍ने मानिसले आफ्‍नो शिरको अपमान गर्दछ।
5 तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्‍ने स्‍त्रीले आफ्‍नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्‍नो केश खौरेको जस्‍तो हो।
6 किनकि कुनै स्‍त्रीले शिर ढाक्‍दिन भने बरु तिनले केश काटोस्‌। तर केश काट्‌नु कि खौरनु स्‍त्रीको निम्‍ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्‍टो हालोस्‌।
7 किनकि पुरुषले आफ्‍नो शिर ढाक्‍नुहुँदैन, किनभने ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो, तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो।
8 किनकि पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्रीचाहिँ पुरुषबाट बनिएकी हो।
9 स्‍त्रीको निम्‍ति पुरुष सृष्‍टि भएको होइन, तर स्‍त्री पुरुषको निम्‍ति हो।
10 यसैकारण र स्‍वर्गदूतहरूका खातिर पनि स्‍त्रीले आफ्‍नो शिर घुम्‍टोले ढाकेको हुनुपर्छ।
11 तरै पनि प्रभुमा पुरुषबाट स्‍त्री स्‍वतन्‍त्र हुँदिन, न त स्‍त्रीबाट पुरुष नै।
12 किनकि जसरी पुरुषबाट स्‍त्री बनिई, त्‍यसरी नै पुरुष स्‍त्रीबाट जन्‍मन्‍छ। तर सब थोक परमेश्‍वरबाट नै आउँदछन्‌।
13 तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्‍वरलाई प्रार्थना गर्न स्‍त्रीलाई सुहाउँछ र?
14 पुरुषले लामो केश पाल्‍यो भने त्‍यो त्‍यसको निम्‍ति शर्मको कुरो हो भनी के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
15 तर यदि स्‍त्रीको लामो केश छ भनेता त्‍यो तिनको निम्‍ति गौरव हो। किनकि स्‍त्रीको केश तिनलाई ढाक्‍नलाई दिइएको हो।
16 तर कसैले यस विषयमा वाद-विवाद उठाउन चाहन्‍छ भने, हाम्रो कुनै यस्तो रीति छैन न त परमेश्‍वरका मण्‍डलीहरूको नै छ।
17 तर यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्‍यो असलको निम्‍ति हुँदैन, तर त्‍यो अझ खराबीको निम्‍ति हुन्‍छ।
18 किनकि पहिले त, मण्‍डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्‍छ भन्‍ने म सुन्‍दछु। अनि केही मात्रामा म त्‍यो विश्‍वास पनि गर्दछु।
19 तिमीहरूमध्‍ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्‍यक नै छ।
20 जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु-भोज होइन।
21 किनकि खान बस्‍दा हरेकले आफ्‍नो भोजन खान थाल्‍छ, र कोही भोकै रहन्‍छ, अनि कोहीचाहिँ मद्यले मातेको हुन्‍छ।
22 के खान र पिउनलाई के तिमीहरूका आ-आफ्‍ना घर छैनन्‌ र? अथवा के तिमीहरू परमेश्‍वरको मण्‍डलीलाई तुच्‍छ ठान्‍छौ र केही नहुनेहरूको अपमान गर्दछौ? म तिमीहरूलाई के भनूँ? के यसको निम्‍ति म तिमीहरूको तारिफ [1] गरूँ? म कदाचित्‌ तारिफ गर्दिनँ।
23 किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्‍पी पनि दिएँ, अर्थात्‌ जुन रात उहाँ पक्राउ पर्नुभयो, त्‍यो रात प्रभु येशूले रोटी लिनुभयो,
24 र धन्‍यवाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो, र भन्‍नुभयो, “यो तिमीहरूका निम्‍ति मेरो शरीर हो। यो मेरो सम्‍झनाको निम्‍ति गर।”
25 त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्‍झनामा यो अक्‍सर गर।”
26 किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्‍छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेल तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ।
27 यसकारण जसले अयोग्‍य रीतिले प्रभुको रोटी खान्‍छ, कि प्रभुको कचौराबाट पिउँछ, त्‍यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्‍याएकोमा दोषी ठहरिनेछ।
28 हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्‍यसले रोटी खाओस्, र कचौराबाट पिओस्‌।
29 किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ।
30 यसैकारण तिमीहरूमध्‍ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्‌।
31 तर हामी साँच्‍चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्‍यायमा पर्नेछैनौं।
32 तर जब प्रभुले हाम्रो न्‍याय गर्नुहुन्‍छ, तब हामीलाई अनुशासन गर्नुहुन्‍छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं।
33 यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख।
34 यदि कोही भोको छ भने त्‍यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्‍डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *