साइरस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साइरस

२ इतिहास 36 : 23
23 “फारसका राजा कोरेस यसो भन्‍छन्‌: परमप्रभु स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। अनि उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म त्‍यसलाई भन्‍दछु, ‘परमप्रभु त्‍यसका परमेश्‍वर त्‍यससँग रहून्, अनि त्‍यो मानिस उक्‍लेर यरूशलेममा जाओस्‌’।”

एज्रा 1 : 11
11 सुन र चाँदीका भाँड़ाहरू सबैको जम्‍मा संख्‍या ५,४०० थियो। कैदमा लगिएकाहरू बेबिलोनबाट यरूशलेम फर्कंदा शेशबस्‍सरले ती सबै यरूशलेममा ल्‍याए।

एज्रा 3 : 7
7 तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्‍ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्‍पासम्‍म देवदारुका काठहरू ल्‍याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।

एज्रा 4 : 3
3 तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्‍वरको निम्‍ति निर्माण गरिरहेका छौं, त्‍यसमा तिमीहरूको केही सम्‍बन्‍ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।”

एज्रा 5 : 14
14 त्‍यसबाहेक परमेश्‍वरको भवनमा सुन र चाँदीका भाँड़ाहरू थिए। तीचाहिँ नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट लगेर बेबिलोनको मन्‍दिरमा राखेका थिए। “‘ती यिनै कोरेस राजाले बेबिलोनको मन्‍दिरबाट निकालेर राज्‍यपाल नियुक्त गरिएका शेशबस्‍सर नाउँका एक जना मानिसलाई दिएर भने,

एज्रा 6 : 3
3 “कोरेस राजाको पहिलो वर्षमा राजाले यरूशलेममा परमेश्‍वरको मन्‍दिरबारे यो उर्दी निकाल्‍नुभयो: ‘त्‍यो मन्‍दिर बलिदान चढ़ाउनका निम्‍ति पुनर्निर्माण गरिओस्‌ र त्‍यसका जगहरू बसालिऊन्‌। त्‍यसको उचाइ सत्ताईस मिटर र चौड़ाइ सत्ताईस मिटरको,

यशैया 13 : 22
22 हुँड़ारहरू तिनका किल्‍लाहरूमा र स्‍यालहरू तिनका सुन्‍दर-सुन्‍दर महलहरूमा कराउनेछन्‌। त्‍यसको समय नजिकै आएको छ, र त्‍यसको दिन अब धेरै छैन।

यशैया 21 : 2
2 एउटा डरलाग्‍दो दर्शन मलाई देखाइयो: धोखाबाजी गर्नेले धोखाबाजी गर्छ, र लुट्‌नेले लुट्‌छ। ए एलाम, आक्रमण गर्, ए मादी, घेरा लगा। त्‍यसले गराएको सबै सुस्‍केरा म बन्‍द गरिदिनेछु।

यशैया 41 : 2
2 उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ? उहाँले जाति-जातिहरूलाई तिनको अधीनमा पारिदिनुहुन्‍छ, र राजाहरूलाई तिनको सामुन्‍ने आफ्‍नो अधिकारमा ल्‍याउनुहुन्‍छ। तिनले उनीहरूलाई आफ्‍नो तरवारले धूलोजस्‍तै र आफ्‍नो धनुले उड़ाएको भुसजस्‍तै पारिदिन्‍छन्‌।

यशैया 44 : 28
28 जसले कोरेसका बारेमा भन्‍नुहुन्छ, ‘त्‍यो मेरो गोठाला हो, र मेरो सबै इच्‍छा त्‍यसले पूरा गर्नेछ। यरूशलेमको बारेमा त्‍यसले यसो भन्‍नेछ, “त्‍यो फेरि बनाइओस्,” र मन्‍दिरको बारेमा चाहिँ, “यसको जग बसालिओस्‌’।”

यशैया 45 : 4
4 मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई स्‍वीकार नगरेको भए तापनि मैले तँलाई सम्‍मानको पद दिएको छु।

यशैया 45 : 13
13 कोरेसलाई मेरो धार्मिकतामा खड़ा गर्नेछु। म त्‍यसका सबै बाटो सीधा पार्नेछु। त्‍यसले मेरो सहर पुनर्निर्माण गर्नेछ, र बन्‍धनमा परेका मेरा सबैलाई मुक्त गर्नेछ, तर दाम लिएर होइन, न त इनाम लिएर, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।”

यशैया 46 : 11
11 पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्‍यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्‍यो गर्ने नै छु।

यशैया 48 : 15
15 मैले, मैले नै यो भनेको छु। हो, मैले त्‍यसलाई बोलाएको छु। म त्‍यसलाई ल्‍याउनेछु, र त्‍यो आफ्‍नो लक्षित कार्यमा सफल हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *