यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साइन
मत्ती 12 : 38
38 तब शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्यू, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौं।”
मत्ती 16 : 4
4 दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक अरू चिन्ह त्यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो।
मत्ती 24 : 3
3 येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?”
मत्ती 24 : 30
30 तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्।
मर्कूस 8 : 12
12 आफ्नो आत्मामा लामो सास लिएर उहाँले भन्नुभयो, “यस पुस्ताले किन चिन्ह खोज्छ? साँच्चै, म तिमीहरूलाई भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”
मर्कूस 13 : 4
4 “हामीलाई भन्नुहोस्, यी घटनाहरू कहिले हुनेछन्? र यी सब कुरा पूरा हुनका निम्ति के चिन्ह हुनेछ?”
यूहन्ना 2 : 11
11 उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
यूहन्ना 3 : 2
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
यूहन्ना 4 : 48
48 येशूले तिनलाई भन्नुभयो, “तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ।”
उत्पत्ति 15 : 17
17 सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो।
प्रस्थान 4 : 9
9 तर तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र तेरा कुरा पनि सुनेनन् भने, नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खन्याइदे। तैंले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ।”
न्यायकर्ताहरू 6 : 17
17 तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्नुभएको हो भन्ने मलाई एउटा चिन्ह दिनुहोस्।
न्यायकर्ताहरू 6 : 40
40 परमेश्वरले त्यस रात पनि त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा रह्यो, र त्यसका चारैतिरको जमिनमा शीत परेको थियो।
२ राजाहरू 20 : 8
8 हिजकियाले यशैयालाई सोधेका थिए, “म निको हुनेछु र तेस्रो दिनमा परमप्रभुको भवनमा जानेछु भनी परमप्रभुले मलाई के चिन्ह दिनुहुनेछ?”
लूका 1 : 18
18 तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”
१ राजाहरू 13 : 5
5 परमप्रभुको वचनद्वारा परमेश्वरका जनले दिएको चिन्हअनुसार वेदी पनि दुई फ्याक गरी भत्कियो र खरानी बाहिर खन्याइयो।
मत्ती 16 : 4
4 दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक अरू चिन्ह त्यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो।
Leave a Reply