यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साइकमोर रूख
१ राजाहरू 10 : 27
27 राजाले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुचाहिँ पहाड़का जङ्गली अञ्जीरका बोटहरूसरह धेरै तुल्याए।
२ इतिहास 1 : 15
15 राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह अनि देवदारुचाहिँ पहाड़का अञ्जीरसरह प्रशस्त तुल्याए।
२ इतिहास 9 : 27
27 तिनले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुको काठचाहिँ पहाड़का जङ्गली अञ्जीरका बोटहरूसरह धेरै तुल्याए।
यशैया 9 : 10
10 “इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।”
१ इतिहास 27 : 28
28 पश्चिमतिरको तराईमा भएका भद्राक्ष र अञ्जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए। तेल राख्ने भण्डार योआशको जिम्मामा थियो।
भजनसंग्रह 78 : 47
47 उहाँले तिनीहरूका अंगूरका बोटहरू असिनाले, र तिनीहरूका अञ्जीरका बोटहरू तुसारोले नष्ट गरिदिनुभयो।
आमोस 7 : 14
14 आमोसले अमस्याहलाई यो जवाफ दिए, “म त अगमवक्ता थिइनँ, र अगमवक्ताको छोरा पनि होइनँ। तर म एउटा गोठालो र अञ्जीरका रूखहरू हेरचाह गर्ने मानिस थिएँ।
लूका 19 : 4
4 तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो।
Leave a Reply