यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साँचो पूजा
यूहन्ना 4 : 23 – 24
23 तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।
24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
मत्ती 15 : 9
9 तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’।”
हिब्रू 13 : 15
15 यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।
यूहन्ना 4 : 23
23 तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।
प्रकाश 13 : 8
8 र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
प्रकाश 20 : 4
4 तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।
प्रकाश 11 : 3
3 मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमवाणी बोल्ने शक्ति म दिनेछु।”
एफिसी 5 : 11
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
Leave a Reply