सहि गलत थाहा हुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सहि गलत थाहा हुन्छ

लूका 6 : 27
27 “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,

मर्कूस 7 : 20 – 23
20 उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।
21 किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,
22 लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।
23 यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।

१ कोरिन्थी 15 : 33
33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ।

मत्ती 26 : 41
41 जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।”

मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

१ कोरिन्थी 6 : 9 – 11
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।
11 तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।

एफिसी 6 : 1 – 4
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2 आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3 कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

१ यूहन्‍ना 2 : 15 – 17
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।
17 संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।

१ कोरिन्थी 6 : 18 – 20
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

रोमी 1 : 32
32 यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।

लूका 12 : 42 – 46
42 प्रभुले भन्‍नुभयो, “त्‍यो विश्‍वासी र बुद्धिमानी भण्‍डारे को हो, जसलाई त्‍यसका मालिकले आफ्‍ना परिवारलाई निश्‍चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्‌?
43 त्‍यो दास धन्‍यको हो, जसलाई त्‍यसका मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछन्‌।
44 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले त्‍यसलाई आफ्‍ना सारा सम्‍पत्तिमाथि अधिकार दिनेछन्‌।
45 तर त्‍यस दासले आफ्‍नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्‌न लाग्‍यो, र त्‍यो खान, पिउन र मात्‍न लाग्‍यो भने,
46 त्‍यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्‍यसका मालिक आउनेछन्, र त्‍यसलाई दण्‍ड दिनेछन्, र त्‍यसको दशा अविश्‍वासीहरूको जस्‍तो हुनेछ।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

१ पत्रुस 4 : 10
10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *