यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सहिद
भजनसंग्रह 44 : 22
22 तापनि तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।
रोमी 8 : 36
36 यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।”
मत्ती 10 : 22
22 मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ।
मर्कूस 13 : 12
12 “एउटा भाइले अर्को भाइलाई मृत्युको लागि सुम्पनेछ, र त्यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
लूका 21 : 17
17 मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्।
मत्ती 10 : 39
39 जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ।
मत्ती 16 : 25
25 किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ।
मत्ती 23 : 35
35 पृथ्वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्रस्थान र वेदीका बीचमा हत्या गर्यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।
लूका 11 : 50
50 संसारको सुरुदेखि सबै अगमवक्ताहरूका रक्तपातको लेखा यस पुस्तासँग लिइनेछ।
मत्ती 24 : 9
9 “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्।
लूका 9 : 24
24 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
यूहन्ना 12 : 25
25 आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ
१ कोरिन्थी 13 : 3
3 यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
प्रकाश 6 : 11
11 तिनीहरू प्रत्येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै मारिएर संख्यामा पूरा नभएसम्म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।
प्रकाश 11 : 12
12 अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठूलो आवाज सुने, “यता माथि आओ।” र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर गए।
प्रकाश 12 : 11
11 तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
प्रकाश 16 : 6
6 किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन्, र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ। त्यो तिनीहरूले पाउनैपर्ने हो।”
उत्पत्ति 4 : 8
8 कयिनले आफ्ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।” अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।
१ राजाहरू 18 : 4
4 जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्या गरिरहेकी थिइन्, तब ओबदियाले एक सय जनालाई लिएर तिनीहरूलाई अन्नपानी दिएर पचास-पचास गरी दुई ओड़ारमा लुकाइराखेका थिए।)
१ राजाहरू 18 : 13
13 हे मेरा प्रभु, जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दैथिइन्, तब मैले के गरें भनी तपाईंले सुन्नुभएको छैन र? मैले पचास-पचास गरी तिनीहरूमध्येका एक सय जनालाई ओड़ारमा लुकाइराखें र तिनीहरूलाई अन्नपानी जुटाइदिएँ।
२ इतिहास 24 : 22
22 राजा योआशले जकरियाका पिता यहोयादाको राजभक्तिलाई सम्झेनन्, तर तिनका छोरालाई मारे। मर्ने बेलामा जकरियाले यसो भने, “परमप्रभुले यो देखून्, र त्यहीअनुसारको दण्ड देऊन्।”
मर्कूस 6 : 28
28 र तिनको शिर थालमा ल्याएर केटीलाई दियो, र केटीले त्यो त्यसकी आमालाई दिई।
Leave a Reply