सर्वशक्तिमानता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सर्वशक्तिमानता

मत्ती 19 : 26
26 येशूले तिनीहरूमाथि दृष्‍टि लगाई भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्‍भव छ, तर परमेश्‍वरको लागि सबै कुरा सम्‍भव छ।”

लूका 1 : 37
37 किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।”

यशैया 40 : 28
28 के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?

यर्मिया 32 : 27
27 “सबै मानव-जातिका परमेश्‍वर म हुँ। के कुनै कुरो मेरो निम्‍ति कठिन छ र?

भजनसंग्रह 147 : 5
5 हाम्रा परमप्रभु महान्‌ हुनुहुन्‍छ, सर्वशक्तिमान्‌ र सर्वज्ञानी हुनुहुन्‍छ।

अय्‍यूब 42 : 2
2 “तपाईं सबै कुरा गर्न सक्‍नुहुन्‍छ भनी म जान्‍दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।

रोमी 1 : 20
20 उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।

मर्कूस 10 : 27
27 येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “मानिसहरूका निम्‍ति त यो असम्‍भव छ, तर परमेश्‍वरको लागि छैन, किनकि परमेश्‍वरको निम्‍ति सबै कुरा सम्‍भव हुन्‍छ।”

हिब्रू 1 : 3
3 उहाँ नै परमेश्‍वरका महिमाको प्रतिबिम्‍ब र परमेश्‍वरकै स्‍वभावको वास्‍तविक प्रतिरूप हुनुहुन्‍छ, र सम्‍पूर्ण विश्‍वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्‍छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्‍वरको दाहिने बाहुलीपट्टि उच्‍च स्‍थानमा उहाँ विराजमान हुनुभयो।

यशैया 44 : 24
24 “परमप्रभु यसो भन्‍नुहुन्‍छ— तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्‍नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो, जसले एकलै आकाशलाई फैलाउनुभयो, जसले आफै पृथ्‍वीलाई फिँजाउनुभयो,

अय्‍यूब 37 : 23
23 तर सर्वशक्तिमान्‌लाई हामी भेट्टाउन सक्‍दैनौं। उहाँको शक्ति हाम्रो समझको बाहिर छ। उहाँको महान्‌ धार्मिकता र न्‍यायमा उहाँले अत्‍याचार गर्नुहुन्‍न।

प्रकाश 19 : 6
6 त्‍यसपछि एउटा ठूलो भीड़को सोरजस्‍तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ।

दानिएल 2 : 20 – 22
20 र भने, परमेश्‍वरको नाउँ सदासर्वदै धन्यको होऊन्। बुद्धि र पराक्रम उहाँकै हुन्‌।
21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्‍छ र उनीहरूलाई अपदस्‍थ गर्नुहुन्‍छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्‍छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्‍छ।
22 उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्‍छ, उहाँले अन्‍धकारमा के छ भनी जान्‍नुहुन्‍छ, र ज्‍योतिले उहाँमा वास गर्छ।

१ कोरिन्थी 1 : 25
25 किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ।

दानिएल 4 : 35
35 पृथ्‍वीका सबै मानिसहरू व्‍यर्थका गनिन्‍छन्‌। स्‍वर्गका शक्तिहरूलाई र पृथ्‍वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्‍छ। कसैले पनि उहाँको हात रोक्‍न सक्‍दैन, वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्‍न सक्‍दैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *